शुक्रबार, पुष ३, २०७९ / मन्त्रीपरिषदले ल्याएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिइएको छ । थारु कल्याणकारिणी सभाले मुलुकका विभिन्न जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको हो ।
गत मंसिर २५ गते सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिबाट यथाशिघ्र प्रमाणीकरण नभएकाले दबाब रुवरुप शान्तिपुर्ण धर्ना प्रर्दशन गरेको जनाएको छ । थारु कल्याणकारिणी सभारथरुहटरथारुवान संयुक्त सघर्ष समिति र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिच ०७८ साल जेष्ठ १८ गते ६ बुँदे सम्झौता भएको थियो ।
सम्झौता लगायत विगत विभिन्न राजनितिक पार्टी तथा आन्दोलनकारी पक्षहरुसंग नेपाल सरकारसंग भएका सहमति कार्यान्वयन गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गत भाद्र २७ गते मन्त्रीपरिषदको निर्णय अनुसार ल्याएको आध्यदेश स्वागत योग्य रहेको थाकसले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । हालसम्म मुल आदिवासी जनजाती, दलित मधेशी, मुस्लिमलगायत विभेदमा पारिएकाहरुको पक्षमा भएको यो अध्यादेश नेपालको द्वन्द्व व्यवस्थापन एवंम शान्ति प्रक्रियाको निरन्तरता पनि भएकोले ल्याइएको जारी विज्ञप्तीमा लेखिएको छ ।
पहिचान र अधिकारको लागि थारु कल्याणकारिणी सभारथरुहटरथारुवान सयुक्त सघर्ष समितिको शान्तिपुर्ण आन्दोलनको क्रममा ०७२ साल भाद्र ७ गते भएको टिकापुर घटनाका झुठा मुद्दा लगाइएका थारु नेता तथा कार्यकताहरुको मुद्दा फिर्ता एवंम बन्दिहरुलाई अविलम्ब रिहाई गरियोस् । अध्यादेशको पुर्ण समर्थ गर्दै कार्यान्वयको लागि जोडदार मागसमेत थाकसले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सरकारले ल्याएको अध्यादेश स्वागत योग्य रहेको थारु कल्याणकारिणी सभा बर्दियाका अध्यक्ष बिर बहादुर चौधरीले बताए । ‘यो अध्यादेशले पिछडिएको समुदायको माग र अधिकारलाई सम्बोधन गरेको छ’ अध्यक्ष चौधरीले भने,‘त्यस कारण यो अध्यादेशलाई राष्ट्रपतिबाट अनुमोदन गरियोस् ।’ राष्ट्रपतिबाट यथाशिघ्र अनुमोदन हुने आफु विश्वस्त रहेका सुनाए ।
टिकापुर घटनामा जेल जिवन बिताईरहेका थारु नेताहरु निर्दोष रहेको बताए । यदि निर्दोष नभए लाल आयोगले तयार पारेको प्रतिवेदन किन सार्वजनिक गरिएन । लाल आयोगले तयार पारेको प्रतिवेदन सार्वजानिक गरियोस् दुधको दुध पानीको पानी हुने अध्यक्ष चौधरीको भनाई छ । यदि राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण नभए थप आन्दोन गर्न बाध्य हुने अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा जनाएका छन् ।
पुस ३ गते बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि अध्यादेश कार्यान्वयको लागि दबाब रुवरुप शान्तिपुर्ण धर्ना प्रर्दशन गर्ने र पुस ४ गते जिल्लाका सबै पालिकामा अध्यादेशको पक्षमा शान्तिपुर्ण ¥याली निकालिने थाकस बर्दियाले तय गरेको छ ।