चिटगाउँ ३, पुस / भारतले पहिलो टेस्टको पाँचौं दिन आइतबार बंगलादेशलाई सजिलै १ सय ८८ रनले पराजित गरेको छ । भारतलाई जितका लागि आवश्यक चार विकेट सत्रको सुरुमै प्राप्त भएको थियो ।
पाँचौं दिन छ विकेट गुमाएर २ सय ७२ बाट अगाडि खेल्न सुरु गरेको बंगलादेश ३ सय २४ रन बनाएर अलआउट भयो । भारतका लागि अक्षर पटेलले चार तथा कुलदीप यादवले तीन विकेट लिए ।
पूरा टेस्टमा आठ विकेट लिएका कुलदीप ‘प्लेयर अफ द म्याच’ पनि भए । यस जितसँग भारतले दुई टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । अब दोस्रो तथा अन्तिम टेस्ट बिहीबार मिरपुरमा सुरु हुनेछ ।