आगलागी निभाउने क्रममा धनकुटामा दुई जना घाइते - Dastabej

आगलागी निभाउने क्रममा धनकुटामा दुई जना घाइते


  • दस्तावेज

  •  

    धनकुटा   ३ पुस :  धनकुटा नगरपालिका ४ देब्रेबासस्थित दानाबारी टोलमा आइतबार आगलागीबाट एक घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

    स्थानीय लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला आचार्य घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार गरिएको छ । दुवैको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

     

    घटनामा लत्ता कपडा, अन्नपात, भाडाबर्तनसहित ६ लाख ३० हजार बराबरको क्षति पुगेको जनाइएको छ । यस्तै, आगलागीका क्रममा घरसँगै रहेको कुखुरा फार्ममा २ सय वटा कुखुराको चल्ला समेत मरेका छन् । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको मद्दतमा आगो नियन्त्रण गरिएको प्रहरीले उल्लेख गरेको छ ।

  • ३ पुष २०७९, आईतवार १४:४२ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान