संसदीय दलमा प्रतिस्पर्धा हुन्छ, प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ, : आरजु राणा - Dastabej

संसदीय दलमा प्रतिस्पर्धा हुन्छ, प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ, : आरजु राणा


  • दस्तावेज

  • काठमाडौँ ३, पुस :  नेपाली कांग्रेसकी नवनिर्वाचित समानुपातिक सांसद आरजु राणाले पार्टीको संसदीय दलमा प्रतिस्पर्धा हुने बताएकी छन् । निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता राणाले प्रजातान्त्रिक पार्टी भएकाले जो पनि चुनाव उठ्न पाउने बताइन् ।

     

    ‘सर्वसम्मत हुने कुरामा भन्दा पनि पोलिटिक्समा आएपछि भविष्यमा नेतृत्व स्थापित गर्न प्रतिस्पर्धा हुनुपर्छ । चुनावमा गएपछि कस्तो नतिजा आउँछ थाहा हुन्छ,’ राणाले भनिन्,’ हाम्रो डेमोक्रेटिक पार्टी भएकले जो पनि उठ्न सक्छ । प्रतिस्पर्धा गरेर जानुपर्छ ।’

     

    नेता राणाले अहिलेको अवस्था हेर्दा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताइन् । राणाले भनिन्, ‘मलाई ज्योतिष ज्ञान आउँदैन । अहिले हेर्दा त शेरबहादुरजी नै प्रधानमन्त्री बनिनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ संख्या पनि हाम्रै धेरै छ ।’

    प्रजातान्त्रिक र संसदीय व्यवस्थामा अंकगणितको खेल हुने बताउँदै राणाले को पदमा आउँछ भन्ने कुरा त्यसले निर्क्योल गर्ने उनको भनाइ थियो । ‘डेमोक्रेसी र पार्लियामेन्ट्री सिस्टममा नम्बर गेम हुन्छ’ उनले भनिन् ।

    उनले प्रधानमन्त्री पदमा सबै दलको दाबी भएको बताइन् । ‘जो जसले दलहरूबाट जितेर आउनु भएको छ उहाँहरूको प्रधानमन्त्रीमा दाबी स्वभाविक हो । सबैले भन्दै आउनुभएको छ,’ उनले भनिन् ।

  • ३ पुष २०७९, आईतवार १५:२५ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान