तनहुँ ३, पुस : पृथ्वीराजमार्ग अन्तरगत आँबुखैरेनी गाउँपालिका–२ सडकखण्ड ४ घण्टापछि सञ्चालनमा ल्याइएको छ । मुग्लिन–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरनी–२ स्थित खानिखोला पुल नजिकैको सडक भासिँदा अवरुद्ध भएको सडक ४ घण्टापछि एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्डमा करिब २ बजेदेखि ठूला सवारी साधनलाई एकतर्फी र साना सवारी साधनलाई दुईतर्फी सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
भासिएको सडकखण्डमा मर्मतको काम भइरहेको र दुईतर्फी सञ्चालन गर्न अझै कति समय लाग्ने भन्ने यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।