सेयर बजार २७ अंक ओर्लियो, सबै उपसमूह घटे - Dastabej

सेयर बजार २७ अंक ओर्लियो, सबै उपसमूह घटे


  • दस्तावेज

  • काठमाडौँ ३, पुस :  आइतबार सेयर बजारको परिसूचक नेप्से २७ अंकले ओर्लिएको छ । सो अंकको कमीपछि परिसूचक १८५५ अंकमा कायम भएको छ । कुल १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । बजारका सबै उपसमूह ओर्लिएका छन् ।

     

    बैंकिङ १९, विकास बैंक ६८, फाइनान्स ४३, होटल तथा पर्यटन २५, जलविद्युत् ४०, जीवन बीमा ४०, उत्पादन ३८, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा ६७, अन्य ३२ र ब्यापार उपसमूह ४ अंक घटे । कुल २५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ५ को स्थिर रहृयो ।

     

    इस्टर्न हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको ८.२, खप्तड लघुवित्तको ६.१ तथा बुद्धभूमि हाइड्रोपावरको ४ प्रतिशत मूल्य बढ्यो । रुरु र पिपुल्स हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । महालक्ष्मी विकास बैंक र मञ्जुश्री फाइनान्सको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा कृषि विकास बैंक, रिडी पावर, नबिल बैंक, नेपाल टेलिकम र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

     

  • ३ पुष २०७९, आईतवार १५:५३ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान