काठमाडौँ ३, पुस : संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान नामको वार्षिक स्पोर्टस् अवार्ड स्थापना गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले यस सम्मानको स्थापना गरिएको हो ।
यस वर्षको सम्मान सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ । उनले वर्ष २०२२ मा खेलजगतमा उत्कृष्ट प्रदर्शन गर्दै लामो दूरीको दौडतर्फ नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउन सफल भएकी थिइन्।
सन्तोषी एथलेटिक्समा अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने नेपालकी पहिलो महिला खेलाडी हुन् । पेसाले जनस्वास्थ्य अधिकृत उनी सार्वजनिक प्रशासन र पब्लिक हेल्थमा विशेषज्ञ पनि हुन् । त्यसै कार्यक्रममा व्यावसायिक तालिम लिन नसक्ने देशभर रहेका १९ वर्षमुनिका खेलाडीहरूमध्ये १ जना योग्यलाई ६० हजारको ट्रेनिङ स्कलरसीप प्रदान गर्ने घोषणा गरिएको छ ।