टाइब्रेकरमा अर्जेन्टिना विश्व च्याम्पियन - Dastabej

टाइब्रेकरमा अर्जेन्टिना विश्व च्याम्पियन


  • दस्तावेज

  • काठमाडौँ ३ पुस :  नाटकीय फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टीमा गएको हो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे ।

     

    फ्रान्सका लागि केयलिन एमबाप्पे र कोलो मुनीले मात्र गोल गरे । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् । रोमाञ्चक खेलमा फ्रान्सले दुईपल्ट आफू पछाडि रहेको स्थिति उल्टाएको थियो । फ्रान्सका लागि एमबाप्पेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरे र यो उनको ह्याट्रिक रह्यो ।

     

    त्यसको ठीक अगाडि मेसीले १ सय नवौं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । फ्रान्सले दोस्रो हाफको अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेपछि फाइनल अतिरिक्त समयमा गएको थियो । पूरा ९० मिनेटको नाटकीय खेल समाप्त खेल २–२ को रोमाञ्चक बराबरीमा रहेको थियो ।

    अर्जेन्टिनाका लागि लियोनल मेसीले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । त्यसपछि एन्जेल डि मारियाले ३६ औं मिनेटमा दोस्रो गोल थपेका थिए । फ्रान्सका लागि एमबाप्पेले ८० औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसलगत्तै ८१ औं मिनेटमा एमबापेले दोस्रो गोल थपेका थिए ।

  • ४ पुष २०७९, सोमबार १०:४२ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान