आख्यानकार गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि - Dastabej

आख्यानकार गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि


  • दस्तावेज

  • ,
    काठमाडौँ ४ पुस /  आख्यानकार’ उपाधिबाट सम्मानित भएका छन् । गौतमको लेखनयात्राको आठौं दशकको पूर्वसन्ध्या तथा ८० औं जन्मोत्सवका अवसरमा आइतबार कमलपोखरीस्थित अग्रवाल भवनमा वसन्त चौधरी फाउन्डेसन र श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले उक्त सम्मान दिएको हो ।

     

    समारोहमा फाउन्डेसनका संस्थापक अध्यक्ष वसन्त चौधरी र मन्दिर अध्यक्ष मेघा चौधरीले गौतमलाई दोसल्ला ओढाई त्रिदेवी मूर्ति चिनो र उपाधि सम्मानपत्र हस्तान्तरण गरे ।

     

    १० वर्षको उमेरदेखि लेखनयात्रा सुरु गरेका गौतमका कथा, कविता, उपन्यास, नाटक गरी हालसम्म ५३ वटा कृति छन् । अध्यक्ष चौधरीले गौतमलाई आख्यान जगत्का हस्तीका रूपमा लिँदै नेपाली सिर्जना उनीसँगै जिउँदै रहेको बताए । ‘नेपाली आख्यानका लागि यो गौरवमय दिन र आत्मीय दिवसका रूपमा म लिन चाहन्छु,’ उनले भने । लेख्नु, लेखिरहनु, नयाँ कृतिहरू जन्माउनु र सिर्जनामा रमाउनु नै गौतमको स्वार्थ रहेको उनले उल्लेख गरे । अहिलेका पुस्ताहरू अंग्रेजी पुस्तक अध्ययन गर्न रुचाउने बताउँदै मन्दिर अध्यक्ष चौधरीले गौतम जस्ता सर्जकलाई अन्तर्राष्ट्रियस्तरमा लैजान विभिन्न प्रतिष्ठान र संस्थाहरूले अनुवाद साहित्यमा जोड दिन उनले आग्रह गरिन् ।

     

    सम्मानित गौतमले आफ्नो उमेरभन्दा लेखनमार्फत पाएको सम्मान आफ्ना लागि अति नै महत्त्वपूर्ण रहेको सुनाए । उनले भने, ‘मेरो उमेर र अरू सबै कुरा मेरा लागि मामुली हुन् । मेरो लेखनको आठौं दशक र लेखनको कदर नै मेरा लागि ठूलो हो ।’ आफू फरक लेखनमा रमाउने सुनाउँदै उनले विज्ञानमा मात्र नभएर समाज, साहित्यमा पनि नयाँ प्रयोग र आविष्कार हुने जिकिर गरे ।

     

    कार्यक्रममा गौतमसँग लिएका अन्तर्वार्ता, उनीसँग नजिक भएका, उनलाई चिनेका, उनका पाठकहरूको संस्मरणलाई समेटेर तयार गरिएका र उनका बारेमा अनुसन्धान गरिएका १० वटा लेखहरूसहित ‘ध्रुवचन्द्र गौतम : आविष्कारी आख्यानका दशकहरू’ पुस्तकको समेत लोकार्पण गरिएको थियो । खुमनारायण पौडल र ईशान गौतमद्वारा सम्पादित पुस्तकलाई साहित्यकला मन्दिरका अध्यक्ष चौधरीले प्रकाशनमा ल्याएकी हुन् ।

  • ४ पुष २०७९, सोमबार ११:१९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान