४ पौष २०७९ बर्दिया, बढैयाताल बढैयाताल गाउँ पालिकाले जोखिममा रहेका जुम्ल्याहा शिशु र आमाको संंरक्षणका लागि सामाग्री प्रदान गरेको छ ।
बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठी उपाध्यक्ष लक्ष्मि अधिकारी, स्वास्थ्यका कर्मचारी चेतनारायण काफ्ले अन्य शाखाका कर्मचारी पत्राकार लागएतका ब्यक्तिहरु राहत सामाग्री सहित जुम्ल्याहा शिशुको घरमा पुगेर हिजो आईतवार बढैयाताल गाउँ पालिकाकाले स्थानियको रोहबरमा उक्त सामाग्री प्रदान गरिएको हो ।
बढैयाताल गाउँ पालिका वडा नं २ स्थित सितापुर बस्ने भगवती रावतले २०७९ साल श्रावण १४ गतेका दिन तिम्ल्याहा शिशुको जन्म दिएकी थिइन । तिम्ल्याहा शिशुको जन्म भएको तिन दिन भित्र बढैयाताल गाउँ पालिकाले सुत्केरी आमा र शिशुको लागि पहिलो पटक आवाश्यक सामाग्री सहित घरमा पुगेर प्रदान गरिएको उपाध्यक्ष लक्ष्मि अधिकारीले बताईन ।
पालिकाको आमा बचाउँ छोरी हुर्काउ भन्ने कार्यक्रम अन्तरगतको बहु क्षेत्रिय पोषण कार्यक्रम वाट आमा र शिशु लाई जाडो वाट जोगाउन न्यानो कपडा , ल्याक्टोजिन , दाल र चामल उपलब्ध गराएको जनाएको छ । तिम्ल्याहा शिशु मध्येकी बिचको एक शिशुको यहि पोष १ गतेका दिन स्वास्थ्य उपचारको अभाबमा मृत्यु भएको र बाकी २ शिशुको पनि स्वास्थ्य अवस्था कम्जोर भएको जानकारी पाउन साथ पालिकाका अध्यक्ष त्रिपाठीको नेतृत्वमा उपाध्यक्ष ,स्वास्थ्य कर्मी सहित उनको घरमा पुगेर आईतवार दोश्रो पटक तिम्ल्याहा बच्चकी आमा भगबती लाई राहत सामाग्री उपलब्ध गराएको पालिकाले जनाएको छ ।
रोजगारको लागि श्रिमान भिम बहादुर बि.सी. भारत गएका र घरमा पहिला तिन छोरी र पछि तिम्ल्याहा छोरी गरि ६ वटा छोरी भएको हुदा शिशुको स्याहार सुसारमा ध्यान पुर्याउन नसक्दा एक शिशुको उपचारको क्रममा मृत्यु भएको हुन सक्ने स्थानिय छिमेकी बताउछन् ।
सामान्य आर्थिक अवस्था भएका ति शिशु र आमाको स्वास्थ्य उपचारमा ध्यान दिएको भन्दै जमुनि स्वास्थ्य चौकीका प्रमुख चेतनारायण काफ्ले प्रत्यक्ष निगरानीमा राखेर निःशुल्क रुपमा उपचार गरिरहेको जानकारी दिए । त्यस्तै स्थानिय हरि प्रसाद उपाध्यायले शिशुलाई दुधको लागि एउटा गाई दिएका छन् ।
पालिकाका अध्यक्ष त्रिपाठीले राहत सामाग्री हस्तान्तरण गर्दै शिशुको संरक्षणको लागि पालिका गम्भिर भएको भन्दै शिशुको स्वास्थ्यको लागि निःशुल्क सेवा प्रदान गर्नु हुने स्वास्थ्य कर्मी चेतनारायण काफ्ले र दुधकोलागि गाई दान गर्ने हरि प्रसाद उपाध्याय लाई धन्यबाद दिए ।