काठमाडौँ ४, पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले सहरीकरण हुँदै गरेका नगरपालिकाहरूलाई दिगो र वातावरणमैत्री सहर बनाउन जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । नेपाल नगरपालिका संघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सबै स्थानीय तहले दिगो विकासको मोडेल अपनाएर काम गर्नुपर्ने बताए ।
‘अहिले नगरपालिकाहरूमा सहरीकरण बढ्दो छ । तर त्यो सहरीकरण अव्यवस्थित हुनुभएन, अव्यवस्थित सहरीकरणलाई हामीले रोक्नुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘काठमाडौंलगायत सबै नगरहरूई, सहरहरूलाई दिगो र वातावरणमैत्री विकासको अवधारणामा अघि बढाउनुपर्नेछ, सबैले त्यसको पहल गरौँ ।’