निजगढमा ३ जना सवार माेटरसाइकल दुर्घटना, २ काे मृत्यु - Dastabej

निजगढमा ३ जना सवार माेटरसाइकल दुर्घटना, २ काे मृत्यु


  • दस्तावेज

  • बारा ४, पुस :  बाराकाे निजगढ नगरपालिका १ स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा आइतबार राति माेटरसाइकल दुर्घटना हुँदा चालकसहित सवार २ जनाकाे घटनास्थलमा मृत्यु भएकाे छ । अर्का १ जना सख्त घाइते भएका छन् ।

     

     

     

    मोटरसाइकलमा ३ जना सवार थिए । निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीव ओलीका अनुसार राैतहट गजरा नगरपालिका ३ सिमरीका २६ वर्षीय चालक भुवन पहाडी र २७ वर्षीय रीतबहादुरकाे घटनास्थलमै मृत्यु भएकाे हाे । साेही स्थानका २४ वर्षीय सुशील माझी सख्त घाइते भएका छन् ।

    उनकाे भरत मेडिकल कलेजमा उपचार भइरहेकाे छ । राजमार्गमा रोकेर राखिएको प्रदेश २ – ०३-००१ ख ४२२९ नम्बरकाे ट्रकमा प्रदेश २ -०३-००९ प ३९४३ नम्बरकाे बाइक ठाेकिँदा उक्त दुर्घटना भएकाे हाे । दुर्घटनापछि ट्रक र चालक निजगढ प्रहरीकाे नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरी निरीक्षक ओलीले बताए ।

  • ४ पुष २०७९, सोमबार १५:१२ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान