४ पौष २०७९ बढैयाताल , बर्दियाका पालका स्तरमा बनाएका बाल अधिकार सम्बन्धि ऐन लाई कार्यान्वयन गरि बाल अधिकारको रक्षा गर्ने बर्दियाका दुई पालिकाले प्रतिबद्धता जनाएका छन् ।
स्थानिय स्तरमा बाल अधिकार संरक्षण र कार्यप्रबाह सम्बन्धि भएको तिन दिने तालिमको समापन कार्यक्रममा आईतवार बाँसगढी नगर पालिकाकी उप प्रमुख र बढैयाताल गाउँ पालिकाकी उपाध्यक्षले बाल अधिकारको रक्षाको लागि नीतिगत ब्यबस्थालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन ।
प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा बाके यूनेस्को क्लबको बाल बिवाह , चाडैहुने बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत पालिका स्तरिय बाल अधिकार समितिलाई बाल संरक्षण नीति , कानुनी प्राबधान र घटना ब्यबस्थापन सम्बन्धि क्षमता बिकास गर्ने उद्देश्यले आयोजना गरिएको तिन दिने तालिमको समापन कार्यक्रममा बाल अधिकार समितिका संयोजक बाँसगढी नगर पालिकाकी उप प्रमुख ईन्दिरा चौधरी र बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मि अधिकारीले बाल अधिकार सम्बन्धि बनेका नीति गत ब्यबस्था लाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बाँसगढी नगरपालिका र बढैयाताल गाउँ पालिका स्तरिय बाल अधिकार समितिका सदस्य , ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरिक्षक सन्तोष चन्द , ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक बेद बहादुर भण्डारी , दुबै पालिकाका शिक्षा शाखा , महिला र स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधी , नागरिक समाजका प्रतिनिधी , पत्राकार लगाएतका झण्डै ३० जनाको सहभागिता रहेको क्लबले जनाएको छ ।
पौष १ गते देखि ३ गते सम्म संचालन भएको तिन दिने तालिमको उद्देश्यमाथि बाके यूनेस्को क्बलबका उप निर्देशक महेश नेपाललीले गरेका थिए भने सहजिकरण प्रशिक्षक जगदिश सिङले बाल अधिकार सम्बन्धि महासन्धी , बाल अधिकार सम्बन्धि ऐन २०७५ , नियमावली २०७८ , सथानिय सरकार संचालन ऐन २०७४ मा बाल बालिका सम्बन्धि भएका ब्यबस्था र बाल अधिकार समितिको काम कर्तब्य र अधिकार र घटना ब्यबस्थापन लगाएतका बिषयमा सहजिकरण गरेका थिए ।
बढैयाताल गाउँ पाकिलाकी उपाध्यक्ष लक्ष्मि अधिकारीको अध्यक्षामा र बाँसगढी नगर पालिकाकी उप प्रमुख ईन्दिरा चौधरीको प्रमुख आतिथ्यमा भएको तालिमका सहभागि ज्ञानेद्रराज पोख्रेल र जानकी गिरीले तालिमको सामापन कार्यक्रममा बाेलेका थिए । बाेल्ने क्रममा बिषय बस्तु राम्रो भएको भन्दै दुबै पालिकाले बाल अधिकार सम्बन्धि कानुन बनाउनु राम्रो पक्ष हो तर कार्यान्वयन पक्ष फितलो भएको भन्दै बनेका नीति गत ब्यबस्थालाई कार्यान्वय गर्नु पर्नेमा जोड दिएका बाके यूनेस्को क्लबकी फिल्ड अधिकृत लक्ष्मि चौधरीले जनाएकी छन् ।