स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय - Dastabej

स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय

प्रभावकारी अनुगमन,स्टक प्रमाणिकरण, जरिवाना निर्धारण ,प्रोत्साहन पुरस्कार सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको हो ।


  • सुनिल रेग्मी

  • क्रसर उद्योग तथा वालुवा प्रशोधन उद्योगहरुले सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणिकरण गराएको पत्र र उद्योग नविकरण सम्बन्धि कागजातहरु १५ (पन्ध्र) दिन भित्र पेश गर्न जिल्ला समन्वय समिती बाँकेले उद्योगहरुलाई पत्राचार गर्ने निर्णय भएको छ ।

    समन्वय प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षता नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति बाँकेको आइतबारको बैठकले सो निर्णय गरेको हो
    बैठकले महत्त्वपूर्ण ४ निर्णय गरेको छ । उसले प्रभावकारी अनुगमन,स्टक प्रमाणिकरण, जरिवाना निर्धारण ,प्रोत्साहन पुरस्कार सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको हो ।

    जिल्ला भित्र संचालनमा रहेका क्रसर उद्मोग तथा वालुवा प्रशोधन उद्योगहरुले ढुङ्गा, गिट्टी, वालुवा प्रशोधन उत्खनन् कार्य गर्दा ढुङ्गा गिट्टी, वालुवा उत्खनन् तथा व्यवस्थापन सम्बनधि मापदण्ड २०७७ र वातावरणिय अध्ययन प्रतिवेदन बमोजिम गरे वा नगरेको सम्बन्धमा समितिले यथाशीघ्र अनुगमन गर्ने निर्णय छ ।
    त्यस्तै क्रसर उद्योग तथा वालुवा प्रशोधन उद्योगहरुले सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणिकरण गराएको पत्रको फोटोकपी र उद्योग नविकरण सम्बन्धि कागजातहरु १५ (पन्ध्र) दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय भएको छ।
    त्यस्तै प्रचलित एन कानुन विपरित ढुङ्गा गिट्टी, वालुवा उत्खनन् गरी चोरी निकासी गर्ने कार्यमा संलग्न व्यक्ति र उक्त कार्यमा प्रयोग भएका मेशिनरी तथा ढवानीका साधनहरु पक्राउ गरी कार्यालयमा पेश गर्ने शुरक्षाकर्मी, व्यक्ति, पदाधिकारीलाई प्रोत्साहन वापत २० (बिस) प्रतिशत रकम उपलब्ध गराउने निर्णय छ।

    बैठकमा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरी , अनुगमन समिति सदस्य तथा प्रमुख, जिल्ला अधिकारी,सूर्य बहादुर खत्री,प्रहरी प्रमुख सन्तोष सिंह राठौर ,सशस्त्र प्रहरी प्रमुख जनक राज बस्नेत ,डिभिजन वन कार्यालयका निमित्त प्रमुख गणेश बहादुर खड्का,अन्तरिक राजस्व कर्यालयका प्रमुख सुदिश कुमार अर्याल ,निमित्त जिल्ला समन्वय अधिकारी तथा सदस्य सचिव रेखा श्रेष्ठ लगायतको सहभागी रहेको थियो ।

  • १८ पुष २०७९, सोमबार १९:३४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा