बर्दिया । थारु महिला उत्थान केन्द्र वर्दियाले हेफर प्रोजेक्ट ईटरनेशनलको आर्थिक सहयोगमा भिटा परीयोजना अन्र्तगत वर्दियाको विभिन्न पालीकामा संचालनमा रहेका सामाजीक उद्घमी महिला सहकारी सस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
वाँसगढी नगरपालीका वडा नं. ७ मा रहेको सीलसीला सामाजीक उद्घमी महिला सहकारी सस्थालाई एक वटा भवन–बाखा्र संकलन केन्द्र स्थापनाका लागी, ३ वटा पावरटेलर र ५ वडा रीपर÷हारभेष्टर खरीदका लागी रु.७,४२,५००%तथा वाँसगढी वडा नं. ५ अन्र्तगत संचालनमा रहेको लक्ष्य दिप सामाजीक उद्घमी महिला सहकारी सस्थालाई एक वटा भवन–बाखा्र संकलन केन्द्र स्थापनाका लागी, ५ वटा पावरटेलर र ५ वडा रीपर/हारभेष्टर खरीदका लागी रु.१३,१७,०००÷रकम ५०५ लागत साझेदारी रहने गरी आज एक कार्यक्रमका विच चेक हस्तान्तरण गरीएको छ । उक्त कार्यक्रममा सम्वन्धित वडाका वडा अध्यक्ष, सहकारी सस्थाका अध्यक्ष सहित संचालक समिति, थारुमहिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिं थारु तथा परीयोजना संयोजक तेजमणि पन्थको सहभागीता रहेको थियो ।
सस्थाले वाँसगढी नगरपालीका वडा नं ३ मा रहेको सोनकरही सामाजीक महिला उद्घमी सहकारी सस्था र गुलरीया नगरपालीका वडा नं ४ मा रहेको समाजीक उद्घमी महिला उद्घमी सहकारी सस्था तथा गुलरीया नगरपालीका वडा नं १ मा रहेको ज्ञानकुन्ज सामाजीक उद्घमी महिला सहकारी सस्थालाई पनी अनुदान सहयोग गर्न लागीएको सस्थाका कार्यक्रम संयोजक पन्थले वताउनुभयो । उक्त अनुदान वाट सहकारीका सदस्यले खसी वोका संकलन गरी आफै वजारीकरण गर्न सक्ने र विचौलीयाको भर पर्नु नपर्ने तथा हारभेष्टर र पावर टेलरको सहयोगले अन्न वाली भित्राउन सजिलो र कम लागत÷खर्चिलो हुने भएपछि सहकारीका सदस्यहरु खुसी हुदै सस्थालाई धन्यवाद दिएको पनी पन्थले वताउनुभयो ।
थारु महिला उत्थान केन्द्र गुलरीयाले हेफर प्रोजेक्ट ईटरनेशनलको आर्थिक सहयोगमा विगत केही वषर््ादेखी वर्दियामा कार्यक्रम संचालन गर्दै आईरहेको छ भने हाल हेफर ईटरनेशनलको सहयोगमा ध्न्म्ए, ीबकभच एगकिभ बलम ख्क्ष्त्ब् गरी तिनवटा परीयोजना संचालनमा छन् ।