२६ पौष २०७९ बढैयाताल ,बर्दियाको बढैयातालमा पौष २३ गते देखि दोश्रो मुनाल कप २०७९ खुल्ला फुटवल प्रतियोगिताको जारी छ । जारी प्रतियोगिताको सोमबार भएको खेलमा मयुर र मुनाल बिजयी भएका छन् ।
थारु समुायको महान पर्व माघे संक्रान्तिको अवसरमा संचालित प्रतियोगिता अन्तरगत सोम बार भएको पहिलो खेलमा सितला युवा क्लब लाई हराउदै मयुर युवा क्लब र दोश्रो खेलमा डाइनामिक युवा स्पोर्टस क्लब लाई हराउदै मुनाल युवा क्लब बिजयी भएका हुन् ।
मयुर युवा क्लब बढैयाताल ८ स्याउलीबजारले सितला युवा क्लब लाई ७–० गोल अन्तरले पराजित गरेका हो भने र दोश्रो खेलमा मुनाल युवा युनाइटेड क्लब मुनालबस्तीले डाइनामिक यूवा स्पोर्टस यूवा क्लब गुलरिया ११ लाई २–० गोलको अन्तरले पराजित गर्दै बिजयी भएको आयोजकले जनाएको छ ।
मुनाल युवा क्लबको खेल मैदान पन्ध्रबिगाहमा संचालित दोश्रो मुनाल कप २०७९ खुल्ला फुटवल प्रतियोगिताको बिजेताले ३१ हजार एक सय ११ र उप बिजेताले २१ हजार एक सय ११ रुपैया सहति ट्रफी, मेडल र प्रमाणपत्र रहेको र उत्कृष्ठ डिफेन्डर , उत्कृष्ठ गोल रक्षक , उत्कृष्ठ स्टाइकर र सर्वाधिक स्कोरर लाई पनि आकर्षक पुरस्कारको ब्यबस्था रहेको मुनाल युनाईटेट क्लबका अध्यक्ष मनोज पौडेलले जनाएका छन् ।
मुनाल युनाईटेड यूवा क्लब बढैयाताल ९ , जन शक्ति यूवा क्लब जनतानगर र न्यू साइनिङ्ग यूवा स्टार क्लब टेशनपुरको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितमा बर्दियाका १४ क्लबले भागलिएका जनाएको छ । प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल पौष २६ गते माछागढ युवा क्लब बांसगढी र राईजिङ्ग युवा क्लब सितलाबजार बिच हुने छ भने जारी प्रतियोगिताको फाईनल खेल माघको २ गते हुने आयोजकले जनाएको छ ।