खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु - Dastabej

खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु


  • दस्तावेज

  •  

    बिर्तामोड २७, पुस / श्रीमान्को लात्ती प्रहारबाट झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । अर्जुनधारा–९ मा डेरागरी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको हो ।

    मंगलबार साँझ ६ बजे एकअर्काबीच झगडा हुँदा ३५ वर्षीय श्रीमान् विश्वराज घिसिङले प्रमिलालाई लात्ती हानेको प्रहरीले जनाएको छ । खाना नपकाएको विषयमा विवाद हुँदा विश्वराजले लात्तीले प्रमिलाको पेटमा प्रहार गरेका थिए ।

     

    प्रमिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए । घिसिङ दम्पती भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भई हाल झापा अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा डेरामा बसोबास गर्दै आएका थिए । लात्ती प्रहार गर्ने विश्वराजलाई नियन्त्रणमा लिएको डीएसपी पाठकले बताए ।

  • २७ पुष २०७९, बुधबार १३:२४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा