बालमैत्री निगरानी कक्ष स्थापना - Dastabej

बालमैत्री निगरानी कक्ष स्थापना


  • दस्तावेज

  • माघ १४ । मानव बेचबिखनविरुद्ध काम गर्ने शक्ति समूहले नेपालगन्जको जमुनाहा नाका बालमैत्री मनोविमर्श केन्द्र र जिल्ला प्रहरी कार्यालय, बाँकेको परिसरमा बालमैत्री निगरानी कक्ष स्थापना गरेको छ ।

    ‘बेचबिखनको जोखिममा परेका बालबालिकालाई काउन्सलिङ गर्ने‚ उनीहरूको भावना बुझ्ने र उनीहरूलाई प्रहरीको समन्वयमा अभिभावकको जिम्मा लगाउने काम गर्छौं‚’ शक्ति समूह नेपालगन्जकी प्रमुख निर्मला पौडेलले भनिन् ।

    १६ लाख रुपैयाँ खर्च गरेर इलाका प्रहरी कार्यालय, जमुनाहा र जिल्ला प्रहरी कार्यालय, नेपालगन्जको परिसरमा बालमैत्री मनोविमर्श केन्द्र निर्माण गरिएको हो ।

    बालमैत्री परामर्श केन्द्र तथा बाल निगरानी कक्षको शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले मानव बेचबिखन रोकथामका लागि केन्द्रको स्थापनाले मानव बेचबिखनको जोखिमलाई नियन्त्रण गर्न सघाउ पुर्‍याउने बताए ।

  • १४ माघ २०७९, शनिबार १०:२३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा