नेपालगन्ज माघ, १६
पछिल्लो समय निकै चर्चमा रहेका गायक प्रमोद डिजी र गयिका अन्नु चौधरीको अवाजमा रहेको यी दिल भन्ने बोलको गित छिट्टै सर्बजनिक हुदै छ । यही माघ २० गते सेभिल इन्टरटेनमेन्ट युट्युब च्यानल मार्पmत सर्बजनिक हुन लागेको गायक प्रमोद डिजीले बताए । उमेश मुस्कानको शब्द र संगित केशब बडुको संगित संयोजन रहेको गितमा निर्देशन नवराज सुबेदीको रहेको छ भने अभिनय तिलक कुमार र दुर्गा रानामगरले गरेका छन् । बाँकेको गाभर भ्याली लगायत् बिभिन्न पर्यटकीय स्थलहरुमा छयांकन गरिएको गितमा छयांकन र सम्पादन दिनेश केसीको रहेको छ । सो गितमा ध्वानी सम्पादन अकास्तिक स्टुडियोका चन्द्र चौधरीले गरेकाछन् ।