१८ माघ २०७९ बढैयाताल , बर्दिया नेपाल भारत सिमा क्षेत्रमा वाट ब्राउन सुगर सहित पाँच जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले बढैयाताल गाउँपालिका २ फुटाहवाट १ हजार ४० मिलि ग्रामको लागु औषध( ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ सहित पाँच जना लाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरिक्षक कमल क्षेत्रीको कमाण्डमा गएको गस्ति टोलीले नेपाल भारत सिमा स्थित फुटाह वाट एक भारतीय नागरिक सहति पाँच जनालाई हिजो मंगलवार अन्दाजी साँझ ४ः० बजेको समयमा नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाउँ पालिकाका वडा ६ बस्ने बर्ष १८ का बबिस श्रेष्ठ , बर्ष १८ का अमिर सल्मानी , बर्ष २२ का सद्दाम हुसेन पक्राउ परेका हुन् । श्रेष्ठ , सल्मानी र हुसेन बढैयाताल ६ का युवा भएको जनाएको छ ।
त्यसै गरी बाँसगढी नगरपालिका २ का ३५ बर्षीय बिशाल बुढामगर र बहराईज जिल्ला मोतिपुर थाना ग्राम मटेही कला बस्ने अन्दाजी बर्ष ३५ का भारतिय नागरिक इद्रिस खान समेत पक्राउ परेकाे प्रहरीले जनाएको छ ।
नेपाल– भारत आउने जाने वाटो स्थित बढैयाताल २ फुटाहा बाट प्रहरीको गस्ति टोलिले संकास्पद रुपमा भारत बाट नेपाल तर्फ आउदै गरेका एक भारतीय नागरिक सहित ५ जनामा खान तलासी गर्ने क्रममा ४ जना नेपालीको साथवाट उक्त परिणामको लागु औषध ब्राउन सुगर जस्तो पदार्थ भेटिएकोले तत्कालै पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक क्षेत्रीले जानकारी दिए ।
भारतीय नागरिकको साथमा कुनै लागु औषध फेला नपरेको तर सद्दामा हुसेन र भारतीय नागरिक खान एउटै साईकलमा सवार भएकोले खान माथी पनि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।