सुनको मूल्य तोलामा पाँच सय बढ्यो - Dastabej

सुनको मूल्य तोलामा पाँच सय बढ्यो


  • दस्तावेज

  •  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ।

    अघिल्लो दिन प्रतितोला रू एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज रू पाँच सयले बढेर रू एक लाख ६ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू पाँचले बढेर प्रतितोला रू एक हजार तीन सय ७० पुगेको छ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

  • १८ माघ २०७९, बुधबार १३:०६ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा