३२ औं ट्रफी उचाल्दै बियोन्सेले तोडिन् ग्रामी रेकर्ड - Dastabej

३२ औं ट्रफी उचाल्दै बियोन्सेले तोडिन् ग्रामी रेकर्ड


  • दस्तावेज

  • माघ २३, २०७९ काठमाडौँ — प्रसिद्ध ग्रामी अवार्डमा गायिका बियोन्सेले सबैभन्दा धेरै अवार्ड जित्ने कीर्तिमान कायम गरेकी छन् । ६५ औं संस्करणको यो अवार्डमा बियोन्सेले ३२ औं ट्रफी उचालेल्दै यो रेकर्ड बनाएकी हुन् ।

    ‘रेनससेन्स’बाट उत्कृष्ट डान्स/इलेक्ट्रोनिक एल्बमको विधामा यो वर्षको ग्रामी अवार्ड जितेसँगै बियोन्सेले २० वर्षदेखि ३१ अवार्डको रेकर्ड बनाएका हंगेरियन-ब्रिटिश अर्केस्ट्रल जर्ज सल्टीको रेकर्ड तोडेकी हुन् ।

     

    ‘म आज धेरै भावुक नहुने प्रयासमा छु,’बियोन्सेले अवार्ड उचाल्दै गर्दा भनेकी थिइन् । ९ विधामा मनोनित भएकी उनले ४ अवार्ड उचालिन् । ह्यारी स्टाइल्सले ह्यारिज हाउसबाट ‘एल्बम अफ दि इयर’ अवार्ड जिते । त्यस्तै, समायरा जोयले ‘बेस्ट न्यू आर्टिस्ट’, लिज्जोले ‘रेकर्ड अफ दि इयर’ जित्दा बोनी रेयटको ‘जस्ट लाइक द्याट’ सङ अफ दि इयर बन्यो । त्यस्तै, हिपहप संगीतको ५० औं वर्ष गाँठको उत्सव पनि मनाइयो ।  कान्तिपुर ।

  • २४ माघ २०७९, मंगलवार १६:०३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा