ष्ट्रपति उम्मेदवार टुंग्याउन संयन्त्रको बैठक बस्‍ने सहमति - Dastabej

ष्ट्रपति उम्मेदवार टुंग्याउन संयन्त्रको बैठक बस्‍ने सहमति


  • दस्तावेज

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच आज  भेटवार्ता भएको छ। बालकोटस्थित ओली निवासमा भएको उक्त भेटवार्तामा उनीहरूबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ।

    भेटवार्तापछि प्रधानमन्त्री दाहालले भने, “उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ। सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ। सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौं।”

    भेटवार्तामा  अध्यक्ष ओलीले पूर्वसहमतिअनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएका ओलीको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको  सचिवालयले जनाएको छ।

  • २५ माघ २०७९, बुधबार १२:५० प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा