माघ २५, २०७९ बुटवल — रुपन्देहीको देवदहमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ ।
जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।