न्यायको भिख मागेको होईन संबैधानिक अधिकार खोजेको हो । (दलित अधिकारकर्मी दुर्गा सोब) - Dastabej

न्यायको भिख मागेको होईन संबैधानिक अधिकार खोजेको हो । (दलित अधिकारकर्मी दुर्गा सोब)


  • दलबहादुर सुनार

  • फागुन ३ बर्दिया , बढैयाताल दलित महिला संघकी सस्थापक अध्यक्ष एवं दलित महिला अधिकारकर्मी दुर्गा सोबले दलित समुदायका नागरिकले कसै संग न्यायको भिख मागेका होईन संबैधानिक अधिकार खोजेको बताईन ।
    दलित महिला संघ बर्दियाले मंगलबार आयोजना गरेको सामाजिक न्यायमा दलित महिलाको पहुँच अभिबृद्धिका लागि सरोकार वालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी सोबले सो कुरा बताइकी हुन ।
    कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सोबले दलित समुदायको मानब अधिकाको सम्मान तथा हक हितको संरक्षण र संर्बद्धनका लागि जातिय भेदभाब र छुवाछुतको अन्त्य नहुदा सम्म हामीले सोचे जस्तो सम्बृद्ध समतामुलक र न्यायपुर्ण समाजको परिकल्पना गर्न नसकिने बताईन । आर्थिक सामाजिक तथा राजनैतिक अवसरबाट वञ्तिमा परेका दलित समुदायका लागि उपलब्ध साधन श्रोत तथा सुबिधामा समानुपातिक समाबेशी पहुँचको सुनिश्चितता गर्न र बढैयातालले गरेको छुवाछुत मुक्त पालिका घोषण लाई महसुश हुने गरि ब्यबहारमा लागु गर्नका लागि स्थानिय सरकार , राजनितिक दल , अन्य सरोकारवालाहरुको भुमिका महत्वपूर्ण हुनेमा जोड दिदै घोषणा गरेका दिन लाई बार्षिक उत्सबको रुपमा मनाउन र सर्बपक्ष सरोकारवालाको सहभागितामा रणनीतिक योजना बनाउनु पर्ने सुझाब समेत दिइन ।
    कार्यक्रमका बिशेष अतिथि एंव बढैयाताल गाउँ पालिका अध्यक्ष हिमालय त्रिपाठीले २०७८ साल चैत्र १३ गतेका दिन बढैयाताल गाउँ पालिकाका लाई छुवाछुत मुक्त पालिका घोषणा भएको भन्दै ब्यबहारमा कार्यान्वय गर्ने प्रतिबद्धता जनाए ।
    कार्यक्रमका सहभागि तथा कार्यपालिका सदस्य आईतराम परियारले कानुनमा भएको ब्यबस्थालाई ब्यबहारमा कार्यान्वयन हुन नसकेको भन्दै मानबले मानब लाई सम्मान गर्नु पर्दछ पुरातन सोचमा परिवर्तन गर्नुपनेमा जोड दिए ।
    त्यसैगरि दलित अधिकारकर्मी कृष्ण बि.क.ले भने पालिकाले दलित शसक्तिकरणको लागि बजेट न्यून बिनियोजन गरेको भन्दै भौतिक बिकास मात्रै बिकास होईन मानबिय बिकासको लागि उचित बजेटको ब्यबस्था हुनु पर्नेमा जोड दिए ।
    मधेशी समुदायका दलित अधिकारकर्मी लक्षिराम रैदासले प्राकृतिकले सबैलाई समान ब्यबहार गर्दछ तर सचेत प्राणी भनिने मानिसले मानिस लाई बिभेद गर्नु दुखद कुरा भएको बताए । रैदासले बिभेदको स्वरुप बदलिएको अनुभब सुनाउदै भने पहिला पहिला गाउँ समाजमा हुने बिहे भोजमा निम्तो दिन्थे र अलगै राखेर खान दिन्थे तर अहिले निम्तो दिनै छोडे किनकी बिभेद गरेमा कार्वाहीमा परिने डरले पनि बोलाउन छोडेको बताए ।
    कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी अधिकारी , दलित महिला संघकी केन्द्रिय अध्यक्ष कला स्वर्णकार , वडा नं ६ का अध्यक्ष शुक्रराज सापकोटा , एमाले बढैयातालका अध्यक्ष प्रेमराज त्रिपाठी , माओबादी केन्द्र बढैयातालका अध्यक्ष कर्णबहादुर थापा , दलित महिला सदस्य , क्याग समुहका सदस्य लगाएतले दलित समुदायका सवाल र समाधानका बिषयमा आफ्नो बिचार राखेका थिए ।
    दलित महिला संघ बर्दियाकी अध्यक्ष हेमा सुनारले संचालन गरेको कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि , क्याग समुहका सदस्य , दलित समुदाय वाट निर्वाचीत जन प्रतिनिधी , पत्राकार , दलित अधिकारकर्मी लगाएतको सहभागिता रहेको दलित महिला संघ बर्दियाले जनाएको छ ।
    जातिय भेदभाब कु सस्कार कु सस्कृती र गलत मनोबृद्धिको उपज हो । यस्ता गलत तथा हानिकारक अभ्यासको अन्य गर्दै समुदायमा सद्भाब  र समतामुलक समाज निमार्णमा सबैको ईच्छा शक्ति र प्रतिबद्धताको खाचो देखिन्छ ।

     

  • ३ फाल्गुन २०७९, बुधबार ०८:३६ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा