बर्दिया, फागुन ६, शनिबार
बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ४ खरैनीको बर्दिया सनलाईट एकेडेमीले आप्mनो १५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । एक भव्य समारोहका बिच गरिएको बार्षिक उत्सब कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नर बहादुर थापाले पानसमा बत्ति बालेर व्यानर बाचन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बालबालिकाहरुलाई बिद्यालय पठाएर मात्रै हुदैन, उनीहरुको शिक्षालाई राम्रो बनाउनका लागि नियामित निगरानी गर्नुपर्ने बताए । यसका लागि अभिभावकको बढी भुमिका हुनुपर्ने, उहाँको भनाई थियो । यस्तै कार्यक्रमका बिशिष्ट अतिथि तथा शिक्षक टे्रनर दिपेन्द्र पन्तले अभिभावकहरुलाई उत्पेरणामुलक प्रशिक्षण समेत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पन्तले बालबालिकाहरुमा बिभिन्न थरीको प्रतिभा लुकेको हुन्छ । उक्त प्रतिभा प्रस्फुटन गर्नका लागि बिद्यालय, अभिभावक र शिक्षकको अहम भुमिका हन्छ । यसमा कुनै एकको भुमिका कमजोर भयो, भने त्यो बालबालिकाले लक्ष्य हासिल गर्न नसकिने पन्तले बताए । यस्तै शुभकामना मन्तव्य दिदै जनता अधारभुत बिद्यालय दक्षिण भकारीका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप गन्र्दभले शिक्षा क्षेत्रको बिकासका लागि अभिभावकको भुमिका महत्वपुणर् रहेको बताए । शिक्षामा परिवर्तन ल्याउनका लागि अभिभावक नै बढी सक्रिय हुनुपर्ने उहाँको भनाई थियो । बार्षिक उत्सबको अवसरमा नाच गान सहितको संस्कृतिक कार्यक्रम, मार्च पास, पिटी प्रर्दशन, बिद्यार्थीहरुलाई इंगलिस स्पिच लगायत्को कार्यक्रम गरिएको बिद्यालयका संस्थापन निर्देशक हेमराज बिसीले बताए ।
कार्यक्रममा बिद्यालयका संस्थापन निर्देशक बिसीले बिद्यालयको शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । शैक्षिक प्रतिबेदन प्रस्तुत गर्दै बिसीले अभिभावकहरुलाई भन्नुभयो, यो बिद्यालयमा तपाईहरुको पनि लगानी छ । त्यसकारण बिद्यालयको हरेक क्रियाकलापमा सहभागी भै आप्mना बालबालिकाहरुको अवस्थाबारे जानकारी लिन आग्रह समेत गर्नुभयो । बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षाका लागि आफु रातदिन खटिएको बताए । गुणस्तरिय शिक्षाका लागि बिद्यालयलाई सुबिधा सम्पन्न तथा प्रबिधिमैत्री बनाउदै लैजाने योजना रहेको उनले बताए ।
बार्षिक उत्सवको अवसरमा अतिरिक्त क्रियाकलाप अन्र्तगत बिभिन्न बिधामा सहभागी करिब एक सय ५० बिद्यार्थीलाई मेडल, प्रमाणपत्र, शैक्षिक समाग्री लगायत्को पुरस्कार समेत बितरण गरिएको छ ।
साथै कार्यक्रमका अवसरमा दुई जना असल अभिभावकलाई सम्मान समेत गरिएको छ । अधारभुत तहसम्म कक्षा संञ्चालन गर्ने अनुमति पाएको बिद्यालयमा अहिले करिब २ सय ५० बिद्यार्थीहरु अध्यनरत् छन् ।
कार्यक्रम संञ्चालन बिद्यालयका शिक्षिकाद्धय सुमिना बिसी र उमा थापाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका अन्जली थारुले दिनुभएको थियो । कार्यक्रममा बढैयाताल ४ का वडा सदस्य धुर्बी थारु, एन व्यव्सनका बर्दिया जिल्ला उपाध्यक्ष थल बहादुर ओली तथा अभिभावक, बिद्यार्थी, स्थानीय बुद्धिजीवी, अगुवा, लगायत्को उल्लेख्य सहभागिता रहेको थियो ।