फागुन ७ बर्दिया बढैयाताल, प्रजातन्त्रको सम्मानमा बढैयाताल गाउँ पालिका वडा नं ८ ले आज प्रभातफेरी तथा सरसफाईका कार्यक्रम गर्दै ७३ औ प्रजातन्त्र दिवस मनाएको छ ।
७३ औं प्रजातन्त्रको दिवसको अवसरमा बढैयाताल गाउँ पालिका वडा नं ८ ले स्थानिय प्रहरी , सामाजिक संघसंस्थाको समन्वय र सहकार्यमा प्रभातफेरी तथा सरसफाई गरेको हो ।
पचासा चोक वाट सुभारम्भ भएको सरसफाई अन्र्तगत वडाको सिमा क्षेत्र , पशुपतिबजार , स्याउली बजार , कण्ठपुरचोक र सितलाबजार क्षेत्रमा फोहोर जम्मा गर्ने बाल्टिको ब्यबस्था सहित सरसफाई गरिएको वडाले जनाएको छ ।
बढैयाताल गाउँपालिका ८ नं वडाका अध्यक्ष तेजनाथ पौडेल द्धारा बिहान ८ः३० बजे शुभारम्म गरिएको प्रभातफेरी तथा सरसफाई कार्यक्रम सितला बजार सम्म भएको जनाएको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल बि.ओ.पी. कण्ठपुरका सशस्त्र प्रहरी निरिक्षक गोपाल पोख्रेल , कालिका प्रहरी चौकीका ईन्चार्ज सहायक प्रहरी निरिक्षक गोबिन्द राना , सितला प्रहरी चौकीका ईन्चार्ज सहायक प्रहरी निरिक्षक अनकमान बुढामगर लगाएत सुरक्षाकर्मी , त्यसै गरि ८ की वडा सचिब स्वस्तिका पौडेल , पशुपति प्रा.बि.का प्रधानाध्यापक होमकृष्ण न्यौपाने , बिद्यार्थी, कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष , सुन्दरमान श्रेष्ठ , स्थानिय युवा क्लबका प्रतिनिधि, बजार ब्यबस्थापन समितिका अध्यक्ष हरिदाहल ,जनप्रतिनिधी लगाएत झण्डै ७०÷ ८० जनाको सहभागिता रहेको थियो ।
अभियानको समापन गर्दै वडा अध्यक्ष पौडेले सरसफाई अभियानमा सहभागिहरु लाई धन्यबाद दिदै भने सरसफाईले ब्यक्तिमा मात्र होईन समाजको पहिचान दिने भएकोले बजार क्षेत्र सार्वजनिक क्षेत्र लाई सफासुग्घर राख्न सबैको चासो हुनु पर्ने बताए । सार्वजनिक स्थानमा राखिएका फोहोर जम्मा गर्ने बाल्टिमा फोहोर जम्मा गर्ने बानिको बिकास गर्न र बाल्टिको सुरक्षा र संरक्षण गर्नु पर्नेमा जोड दिए ।