खजुरा गापा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल फेरि बिवादमा, अभिभावकहरुले गरे शाखा घेराउ - Dastabej

खजुरा गापा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल फेरि बिवादमा, अभिभावकहरुले गरे शाखा घेराउ


  • दस्तावेज

  • खजुरा गाउँपालिका वडा नम्बर ७ सोनपुर श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय गोदाहनामा मिति २०७९/१०/१६ गते भएको बिधालय ब्यवस्थापन समितीको निर्वाचनमा निर्वाचित सदस्य हरुलाई शिक्षा नियमावलीले दिइएको अधिकार शिक्षा शाखा प्रमुखले हनन गरेको भन्दै महिला अभिभावक हरुले शिक्षा शाखा घेराउ गरेका छ।

    शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल सत्तापक्षको संरक्षणमा निर्वाचित सदस्यहरुको अधिकार हनन गरि सत्तापक्षको निर्देशन अनुसार निर्वाचित सदस्य हरुले मनोनीत गरेको ब्यक्ती हरु लाई प्र.अ ज्योति प्रकाश पौडेलले नियुक्ति न् नदिएको कारण बिबाद बढदै गएको हो ।

    १८ गते का दिन निर्वाचित सदस्यहरुले शिक्षा प्रेमीहरु मध्य बाट असलम भाँट र गुल्बी धोबी गरि २ जना लाई मनोनीत गरेका थिए मनोनीत गरिएका भाँट लाई ब्यवस्थापन समितिको अध्यक्ष बनाउने तयारी समितीको रहेको सदस्यहरुत तयारी गरेका थिए । तर भाँट लाई अध्यक्ष बन्न नदिन वडा नम्बर ७ का वडा अध्यक्ष,खजुरा गाउँपालिका प्रमुख र एमालेको बाँके जिल्ला केही नेताको सक्रिय रहेको र यिनै ब्यक्ति हरुको दबावमा शिक्षा प्रमुख खगेन्द्र मल्लले समितीको अधिकार हनन गरेको निर्वाचित सदस्य हरुले आरोप लगाएका छन् ।

    निर्वाचित सदस्य हरुले सर्वसहमतीले गरेको निर्णय कार्यन्वयन नभएको कारण अभिभावक हरु आक्रोशित भएर शिक्षा शाखा घेराउ गरेका हुन् । समयमै पालिका का जनप्रतिनिधि र कर्मचारी नसच्चिए चरण बद्व आन्दोलन गर्ने समितीले चेतावनी दिइएको छ । उता डुडुवा गाउपलिकामा पनि बिवादित काम गरे पछि मल्लको काज फिर्ता भएको थियो । उनिपछि एमालेको जोडमा खजुरा गएका थिए ।

  • ८ फाल्गुन २०७९, सोमबार ०९:३० प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा