थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज - Dastabej

थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज


  • दस्तावेज

  •  

    ९ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ ।

    उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा आजदेखि बन्द गर्ने निर्णय भएको हो ।

    उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले आज विगत लामो समयदेखि थाइ एयरलाइन्सले गर्दै आएको सेल्फ ग्राउण्ड ह्यान्डलिङको म्याद नथप्ने निर्णय गरेको छ । त्यसका सहायक कम्पनी, जिएसए कम्पनीले गर्दै आएको सेवाहरु आजका मितिदेखि बन्द भएका छन् ।’

    प्रवक्ता निरौलाका अनुसार अब सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने छ । ‘अब ग्राउण्ड ह्याण्डलिङको सबै काम नेपाल वायुसेवा कम्पनीले नै गर्नेछ । सेवा रोकिँदैन,’ उनले भने ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयरवेजले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थियो । प्राधिकरणका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने वक्यौता एक करोड रुपैयाँ भन्दा बढी छ । बन्द भएको थाइ एयरवेजलाई चार वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको थियो ।

    थाइ एयरवेजको सब्सिडरी कम्पनी थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग लेनदेनको उद्देश्यले गरेको भनिएको कुराकानीको अडियो सार्वजनिक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । अनुसन्धान जारी रहेको यो विषयलाई आफूहरुले गरेको निर्णयले कुनै फरक नपार्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता निरौला बताउँछन  । अनलाईन खबर ।

  • ९ फाल्गुन २०७९, मंगलवार १०:४९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा