खजुरा २०७९ फागुन ९ सुविस्ता र सन्तानको राम्रो भविष्य कल्पेर २० वर्ष अगाडि तनहुँको घिरिङ गाउँपालिका गजरकोटबाट रौतहट झरेकी थिइन्, देवीमाया परियार ।
‘बर्मा गए पनि कर्मसँगै’ भने झैं उनलाई दुःखले यहाँ पनि पछ्याउन छाडेन । बेला–बेला उनलाई लाग्छ, यहाँ भन्दा त बरु पहाडमै सुख थियो १
चन्द्रपुर नगरपालिका बसन्तपुरको ऐलानी जमिनमा बनेको सानो छाप्रोमा ७० वर्ष लागेकी देवीमाया एक्ली छन् ।
देवीमायालाई थातथलो छोडाएर ल्याउने उनका जेठा छोरा मीनबहादुर परियार नै यतिखेर कहाँ छन् भन्ने थाहा छैन ।छोराको घरको ढोकामा नयाँ ताल्चा झुण्डिएको छ ।
यो ढोकाको चाबी लघुवित्तसँग छ ।कुन लघुवित्तसँग रु’‘थाहा छैन’, देवीमाया मुन्टो हल्लाउँछिन् ।