फागुन ११ बर्दिया ,गुलरिया आफ्नै दाजुको हत्या गरेको आरोपमा पक्राउ परेका भाई सिताराम थारु लाई बर्दिया प्रहरीले आज सार्वजनिक गरेको छ ।
२०७९ माघ १६ पक्राउ परेका जिल्ला बर्दिया गेरुवा गाउँपालिका वडा न. १ जनकनगर बस्ने वर्ष ३१ का हत्या आरोपी सिताराम थारु लाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पत्राकार सम्मेलन मार्फत बिहिवार सार्वजनिक गरेको हो ।
२०७५ साल मंसिर २७ गते राती अन्दाजी ११ः०० बजेको समयमा अज्ञात ब्यक्तिको आक्रमण वाट जिल्ला बर्दिया गेरुवा गाउँपालिका वडा नं १ बस्ने बर्ष ३५ का राम बहादुर थारु सख्त घाईते भएका थिए । टिचिङ अस्पताल काठमाण्डौमा उपचार गरि मिति २०७६ साल बैसाख ६ गते घर ल्याएका घाईते थारुको सोही दिन घरमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मृतकका छोरीले घटनाको अनुसन्धान गरि पाउ भनी ईलाका प्रहरी कार्यालय पाताभार बर्दियामा फुटकर ज्यान सम्बन्धि मुद्धा शिर्षकमा मिति २०७६ साल बैसाख २४ गते दिएको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरेको र खाेज अनुसन्धान गर्ने क्रममा मृतकका भाईले पूर्व रिसइबीको कारणले हानेकाे चिर्पट दाउराकाे चोट वाट दाजु राम बहाहुर थारुको मृत्यु भएको हत्या आरोपी सिताराम थारुको बयान लाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले पत्राकार सम्मेलनमा जानकारी गराए ।
बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले पत्रकार सम्मेलनमा चार बर्ष अगाडी भएको घटनाका आरोपी लाई ईलाका प्रहरी कार्यालय पाताभार बर्दिया वाट पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएको बताउदै बर्दिया जिल्लामा भएका हत्या संग जोडिएका पुराना घटनाका फायलको सुष्म अध्ययन गरी र अनुसन्धान कार्यलाई लाई तिब्र पारिएको बताए । घटनाको अनुसन्धान गरि पिडक लाई जति सक्दो कानुनको दायरामा ल्याई पिडित लाई महशुस हुने गरि न्यायको पहुँच सम्म पुर्याउन बर्दिया प्रहरीले प्राथमिकतामा राखेर कार्यगरीरहेको बर्दियाका प्रहरी प्रमुख शाहीले पत्रकार सम्मेलनमा जानकारी दिए ।