बढैयाताल ५ मा घरपिच्छे माछापालन - Dastabej

बढैयाताल ५ मा घरपिच्छे माछापालन


  • दस्तावेज

  • फाल्गुन १२, २०७९ बर्दिया — बढैयाताल गाउँपालिका–५ का किसानहरु माछा पालनतार्फ आकर्षित हुन थालेका छन् । दोब्बर आम्दानी हुन थालेपछि अहिले थोरै लगानी, कम मिहिनेत र छोटो समयमा धेरै आम्दानी हुने भएपछि उनीहरू परम्परागत खेती छोड्दै व्यावसायिक माछा पालनतर्फ आकर्षित भएका हुन् । सिंगो बढैयाताल गाउँपालिका अहिले माछा पालनको हव बन्दै छ ।

    तत्कालीन कृषि विकास कार्यालय बर्दियाले आर्थिक वर्ष २०६४र०६५ देखि अभियानमुखी मत्स्य उत्पादन कार्यक्रम लागू गरेपछि यहाँ व्यावसायिक रूपमा माछा पालन गर्ने कृषकको संख्या बढ्दै गएको हो । कार्यक्रमबाट १ हेक्टर पोखरी खन्न १ लाख रुपैयाँ अनुदानको व्यवस्था भएपछि आकर्षण बढेको थियो ।

     

    अहिले गाउँपालिकामा २ सय ५० हेक्टर जमिनमा माछा पालन भइरहेको छ । त्यसमध्ये फर्म नै दर्ता गरेर १ सय ७१ हेक्टर क्षेत्रफलमा माछा पालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयले जनाएको छ । सबैभन्दा बढी बढैयाताल–५ मा माछा पालन भइरहेको परियोजना इकाइ कार्यालयका मत्स्य प्राविधिक सहायक मानबहादुर खत्रीले बताए ।

  • १२ फाल्गुन २०७९, शुक्रबार ११:०३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ४. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा