१२ फागुन बर्दिया, बढैयाताल बिगत बर्षहरुमा भए जस्तै यस वर्ष पनि चौथो बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा भएको आयोजकले सार्वजनिक गरिएको छ ।
बढैयाताल गाउँ पालिका र ८ न.वडा कार्यालयको सहयोगमा तथा कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ न.वडा कार्यालयको संयुक्त आयोजनामा बर्दियाको बढैयातालमा संचालन हुने प्रतियोगिताको तयारी र ब्यबस्थापनको बारेमा बिहिवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
प्रतियोगिताको तयारी बारे जानकारी गराउने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा बिजेता हुनेले १ लाख र उप बिजेता हुनेले ५० हजार नगत मेडल , शिल्ड र प्रमाण पत्रको ब्यबस्था सहति र बिभिन्न बिदामा उत्कृष्ठ खेलाडी लाई समेत आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ ।
चेत्र ४ गते देखि ११ गते सम्म संचालन हुने चौथो संस्करणको अध्यक्ष कप फुटवल प्रतियोगितामा बर्दिया जिल्लाका ६ नगरपालिका र २ गाउँपालिका सहित ८ टिमले भाग लिने प्रतियोगिता मुयुर युवा क्लबको खेल मैदान बढैयाताल ८ स्थित नयाँ बस्तिमा हुने जनाएको छ ।
पत्राकार सम्मेलनका प्रमुख अतिथी समेत रहेका बढैयातालका गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चौथो संस्करण अन्र्तगत हुन गएको पालिका स्तरिय अध्यक्ष कप फुटवल प्रतियोगिता सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि पालिकाको तर्फ वाट रु तिन लाख सहयोग गर्ने र ब्यक्तिगत रुपमा पनि एक महिनाको तलब सहयोग गर्ने बताए ।
बढैयाताल गाउँ पालिकाका वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले कार्यक्रमको उद्देश्यमाथी प्रकास पार्दै स्वास्थ्य तथा ब्यक्तित्व बिकास गर्न र सद्भाव कायम राख्न खेलकुदको भूमिका महत्वपूर्ण भएकोले बर्दियाका सबै पालिकाले बिभिन्न बिदाका खेलको बिकास गर्नु पर्नेमा जोड दिए ।
वडा सचिब स्वस्तीका पौडेलले संचालन गरेको पत्रकार सम्मेलनमा बढैयाताल गाउँपाकिलाकी उपाध्यक्ष लक्ष्मी अधिकारी , प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडी कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठ जिल्ला फुटवल संघ बर्दियाका अध्यक्ष अजितराज भण्डारी , यूवा क्लबका प्रतिनिधी, बिभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको जनाएको छ ।
बिगत बर्षहरुमा भएका पहिलो र दोश्रो प्रतियोगिताको उपाधी मधुवन नगरपालिकाले हात पारेको थियो भने तेश्रो प्रतियोगिताको उपाधी भने बारबर्दियाको पोल्टामा परेको थियो अव हुने चौथो वर्षको प्रतियोगितामा कुन पालिकाले बाजी मार्ने हो हेर्न बाकी छ ।