ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ - Dastabej

ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ


  • दस्तावेज

  • फाल्गुन १४, २०७९ नेपालगन्ज — इलाका प्रहरी कार्यालय कोहलपुरले ११६ ग्राम ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–७ का विशालसिंह ठकुरी र विक्रमसिंह ठकुरी तथा कोहलपुर नगरपालिका– ११ का निर्जन ढकाल रहेका छन् । विशालसिंह ठकुरीले लगाएको ज्याकेट र मलद्वाररमा लुकाइ राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनीहरुको साथबाट भे १३ प २७३ नम्बरको अपाची मोटरसाइकल, नौ हजार आठ सय रुपैयाँसमेत बरामद गरेको छ । उनीहरुले बर्दियाको सीमामा पर्ने भारतको बलैगाउँबाट ब्राउनसुगर ल्याएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरु लागूऔषध ओसारपसारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

  • १४ फाल्गुन २०७९, आईतवार १०:२७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा