राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा - Dastabej

राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा


  • दस्तावेज

  • बाँकेको राप्ती सोनारी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा ओम प्रकाश देवकोटा आएका छन । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंले राप्ती सोनारीको कार्यालय प्रमुखका रुपमा देवकोटालाई खटाएको हो ।

    राप्ती सोनारी अघि देवकोटा सुर्खेतको सिम्ता गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका थिए । राप्ती सोनारीमा बुधबार गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र कर्मचारीहरुले स्वागत गरेका थिए । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले पालिकाको कार्य सम्पादनमा प्रमुख प्रशासकिय अधिकृत देवकोटाले कुसल रुपमा निर्वाह गर्नुहुनेछ भन्दै शुभकामना दिए ।

    कर्मचारी र जनप्रतिनिधि विचको सम्बन्ध पनि सुमधुर राख्ने गरि विकास निमार्णका कार्यमा सघाउन महत्वपुर्ण भुमिका निभाउन आग्रह गरे । स्वागत कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवकोटाले समग्र गाउँपालिकाको विकास र समृद्धिका लागी आफ्नो समय खर्चिने प्रतिवद्धता जनाए । निति नियममा रहेर कार्य सम्पादन गरिने हुदाँ यसमा सबैले सहयोग गर्न समेत आग्रह गरे । देवकोटा एक कुशल राष्ट्र सेवकका रुपमा चिनिन्छन ।

  • १७ फाल्गुन २०७९, बुधबार २३:२३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ