मौलिक पञ्चे वाजाको संरक्षण गर्न सामाग्री बितरण - Dastabej

मौलिक पञ्चे वाजाको संरक्षण गर्न सामाग्री बितरण


  • दलबहादुर सुनार

  • १८ फागुन बढैयाताल बर्दिया , बढैयाताल गाउँ पालिका वडा नं ८ ले मौलिक पञ्चे बाजाको संरक्षण र प्रर्बद्धन गर्न भन्दै हिजो एक कार्यक्रममा बाजाका सामाग्री हस्तान्तरण गरेको छ ।
    पुरानो सस्कृति र परम्परमा आधारित नेपालको मौलिक पञ्चेबाजाको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले वडा कार्यालयले पञ्चेबाजामा चाहिने एक सेट सामाग्री पञ्चेबाजा ब्यबस्थापन समितिलाइ  हस्तान्तरण गरेको हो ।
    स्थानिय दलित अगुवाहरुले  रैथाने पुर्खौली मौलिक पञ्चेबाजाको संरक्षण गर्न वडा कार्यालयमा राखेको प्रस्ताब अनुसार  पञ्चे बाजामा आवाश्यक दमाह , झ्याली , ट्याम्को ,ढोलकी सहनाई र कर्नल गरी ६ प्रकारका सामाग्री पञ्चेबाजा संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष भागिरथ सुनारलाई वडा अध्यक्ष तेजनाथ पौडेलले हस्तान्तरण गरेको समितिले वडाले जनाएको छ ।

    करिब २० ÷२५ वर्ष पहिला साबिक कण्ठपुर , पचासा र मुनाल वस्ति गाउँ पञ्चे बाजाको प्रख्यात ठाउँ भनेर कहलिन्थ्यो । तर हाल त्यो शीप र कला भएका ब्यक्ति भेट्न मुस्किल पर्छ । पुराना लोक संस्कृतिको धरोहर मानिएका अग्रज पुस्ताको अन्त्य संगै नयाँ पुस्तामा त्यो कला , शीप र सस्कृति हस्तान्तरण हुन सकेन । केही जीवित पुराना पुस्ताबाट नयाँ पुस्तामा कला र शीप हस्तान्तरण गर्दै नेपालको मौलिक लोक सस्कृति झल्काउने पञ्चेबाजाको संरक्षणमा दलित अधिकारकर्मी सकृय रुपमा लागेको बाजा समुहका सदस्य राम बहादुर बि.क बताउछन् ।
    बढैयाताल गाउँ पालिका वडा नम्बर ८ ले आयोजना गरेको लक्षित बर्गलाई सामाग्री बितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठी , प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले सामाग्री हस्तान्तरणको अवसरमा बोल्दै वर्षौ देखि चल्दै आएको लोपोन्मुख मौलिक पञ्चेबाजाको जगेर्ना गर्नाको सट्टा यूवा पुस्तामा मौलिक पन धरासायी बन्दै गएको हुदा यो परम्परागत शीप र कलाको संरक्षण गर्नु पर्नेमा जोडदिए ।
    पञ्चेवाजा नेपाली धार्मिक एवंम सांस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलक बाजा हो । यो वाजा विभिन्न धार्मिक तथा सामाजिक उत्साबमा बोजाउने गरिन्छ जस्तै विवाह , व्रतवन्ध , चाडपर्व जात्रा रोपाई पुजा आजा आदीमा बजाउने चलन छ । पञ्चेवाजा सबैभन्दा प्रचलित वाजा भएकोले यो बाजाको महत्वको बारेमा नयाँ पुस्तामा हस्तान्तरण र संरक्षण गर्न स्थानिय तहले बार्षिक रुपमा बजेटको ब्यबस्था गर्नु पर्ने दलित अगुवाहरुको भनाई रहेको छ ।
    ८ का वडा अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा भएको लक्षित बर्गलाई सामाग्री बितरण कार्यक्रममा स्थानिय जन प्रतिनिधि , समाजाजिक संघ सस्थाका प्रतिनिधी सुरक्षा निकायका प्रतिनिधी सहकारी तथा सामुदायिक बनका प्रतिनिधी दलित अधिकारकर्मी लगाएको सहभागिता रहको वडा सचिब स्वस्तिका पौदडेलले जनाएकी छन् ।
    मौलिक बाजाको संरक्षण तथा वाजा बजाउने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने नीति स्थानिय सरकारमा हुन जरुरी छ ।।

     

  • १८ फाल्गुन २०७९, बिहीबार १३:११ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा