भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न - Dastabej

भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न


  • सुनिल परियार

  • खजुरा २०७९ फगुल्न २१   राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले आर्थिक वर्ष २०७१/२०७२ बाट निर्माण शुरु गरेकोमा हालसम्म ६० प्रतिशत भौतिक र ४३ प्रतिशत वित्तीय प्रगति भएको छ । नेपालमा पहिलो पटक टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको आयोजनाबाट लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने तथा ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको हो ।

    आयोजनाको पहिलो चरणमा १२ किलोमिटर लामो सुरुङ दश अर्ब ५६ करोड लागतमा निर्माण कार्य सम्पन्न भइसकेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले तोकिएको समयभन्दा एक वर्ष अगावै टनेल बोरिङ मेसिन (टीबीएम)का सहायताले सुरुङ निर्माण गरिसकेको छ । हाल दोस्रो चरणका काम सिभिल संरचना (हेडवर्क्स, पावर हाउस तथा सर्ज साफ्ट) हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल अन्तर्गतका काम धमाधम भइरहेका छन् ।

    दोस्रो चरणका बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९/०८० मा काम सम्पन्न गर्ने गरी ११ अर्ब ५२ करोड ६१ लाखमा २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । दोस्रो चरणका सबै चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नुपर्ने कार्यादेश भएको भएपनि यी काम सम्पन्न गर्न थप दुई वर्ष लाग्ने देखिन्छ । विश्वव्यापी फैलिएको कोरोना महामारी, निर्माण सामाग्री अभावलगायत समस्याका कारण तोकिएको समयमा आयोजना निर्माण हुन नसकी पछाडि धकेलिएको आयोजनाले जनाएको छ ।

    आयोजनाले हाइड्रो मेकानिकलअन्तर्गत गेट तथा पेनस्टक पाइप निर्माणका लागि ठेकेदार परिचालन गर्नुका साथै इलेक्ट्रोमेकानिकल अन्तर्गत टर्वाइन, जेनेरेटर, स्विचयार्ड डिजाइनका काम रहेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीलले जानकारी दिए ।

    आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपियाँ खर्च भइसकेको छ ।

  • २१ फाल्गुन २०७९, आईतवार १५:०२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ