बाँके— धार्मिक सदभावको नमुना शहर नेपालगन्ज बुधबार दिनभर रंगीन बन्यो । टोलटोलमा रंग र अबिरको बर्षा गरेर स्थानीय रमाए । कतै खेल प्रतियोगिता गरिएका छन् भने कतै सामूहिक नाचमा युवाहरु झुमेका छन् । फरक धर्म र समुदायबीचको होलीले भाईचाराको सम्बन्धलाई अझ कसिलो पार्न सहयोग गरेको छ । नेपालगन्जको टोलटोल र सडकमा होली खेल्नेको भीड लाग्छ । गाउँमा पनि होलिको रौनक उस्तै छ । रंगको पर्व होलीलाई सदभाव र मिलनको पर्व मानिन्छ ।
‘वर्षदिनको पर्वलाई उल्लासका साथ मनाउन पाउँदा खुसी लाग्छ । पर्वले सबै समुदायलाई एकै ठाउँमा भेटघाट गराउँछ । होलीमा रंग खेलेर रमाईलोमात्रै होईन, माया प्रेमसाटेका छौँ,’ नेपालगन्जको बिपीचोकका टेकेन्द्र बुढाथोकीले भने,‘सबै समुदायका साथीभाई रंग खेलेर रमाईलो गरेका छौँ ।’
नेपालगन्जका टोलटोलमा युवाहरु समूह बनाएर नाच्ने गर्छन । ’
पहाडभन्दा एक दिनपछि होली मनाइने चलन रहेको पश्चिम तराईमा पहिले देखिनै चहलपहल सुरु हुन्छ । तराईका गाउँगाउँमा सोमबार राति होली दहन गरिने छ । त्यसलगत्तै रंगको बर्षा सुरु हुन्छ । मधेसी समुदायले संस्कृति झल्किने गरी होलीमा रमेका छन् । उनीहरुलाई अन्य समुदायले पनि साथ दिए । होलीको रंगले सबैलाई भिजाएको छ । पश्चिम तराइका थारु समुदायले सोमबार नै होलीका लागि जीता (मासु ) का लागि सुंगुर, बंगुर मारेका छन् । होली दहनपछि फागु गीत गाउँमा गुन्जिएका छन् । होलीकाको प्रतिकको रुपमा पराल दहन गरिन्छ । । एकठाउँमा जम्मा गरिएको पराल र खरको ठुलो थुप्रोमा आगो लगाएर होली दहन गरिएको हो । परालको बीचमा गाडिएका का“चो रुखलाई ‘प्रहलादको रुप’ भएको भन्दै युवाहरुले आगोबाट बचाउने प्रयास गर्ने परम्परा रहेको छ । ‘बलिरहेको आगोको छल्दै ‘प्रहलादको रुप’ मानिने रुखलाई निकाल्न युवाहरुबिच प्रतिस्पर्धा हुन्छ,’ स्थानीय रामलौटन चौधरी भन्छन् ।
होली पूर्णरुपमा जलेपछि त्यहाँ उपस्थित गाउँभरिका सर्वसाधारणले एकअर्कालाई खरानी दलेर शुभकामना आदानप्रदान गर्ने चलन छ । होलीको खरानी शरिरमा लगाए छाला सम्बन्धि रोग ठिक हुने जनविश्वास छ । ‘त्यसैले होलीको खरानी सबैले आफ्ना परिवारका सदस्यका लागि पनि लैजाने गर्छन्,’ चौधरीले भने ।
क्