बढैयातालका निवर्तमान जनप्रतिनिधी सहित सामाजिक सस्था सम्मानित - Dastabej

बढैयातालका निवर्तमान जनप्रतिनिधी सहित सामाजिक सस्था सम्मानित


  • दलबहादुर सुनार

  •  

    फागुन २४ बढैयाताल बर्दिया , ११३ आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बढैयातालका नि वर्तमान जनप्रतिनिघि र गैर सरकारी सस्था सम्मानित भएका छन् ।
    महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कार्यालय बढैयातालले आयोजना गरेको कार्यक्रममा  नि वर्तमान ४५ जना जन प्रतिनिधि सहित ८ वटा गैरसरकारी सस्था लाई सम्मान गरिएको हो ।

    लैंङ्गिक समानताको बलियो आधार सिर्जनात्क प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका मनाएको ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमका प्रमुख अतिथि एवंम पालिका अध्यक्ष हिमालय त्रिपाठीले सम्मानित भएका निवर्तमान जन प्रतिनिधि र सामाजिक क्षेत्रमा योगदान पुर्याएका गैरसरकारी लाई दोसल्ला र कदरपत्र द्धारा सम्मान गरेका हुन् ।

    यसरी सम्मानित हुनेमा बढैयाताल गाउँ कार्यपालिकाका सस्थापक अध्यक्ष लाब बहादुर श्रेष्ठ , उपाध्यक्ष दिपाकुमारी गौतम , कार्यपालिका सदस्य , वडा न. १ देखि ९ सम्मका वडाध्यक्ष र सदस्य रहेका छन् भने गैर सरकारी सस्था वाटसम्मानित हुने सस्थाहरुमा बाके यूनेस्को क्लब , बि.ग्रुप , आवाज बर्दिया , कमैया महिला जागरण समाज नेपाल , दलित महिला संघ, जनशक्ति विकास समाज , शान्ति पुनर्सपना गृह र प्लान इन्टरनेश्नल नेपाल रहेका जनाएको छ आयोजकले जनाएको छ ।

    बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्मी कुमारी अधिकारीको अध्यक्षतामा प्ले कार्ड सहित र्याली , बिबिध सास्कृतिक कार्यक्रम साथ मनाएको ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधी , जन प्रतिनिधि , शिक्षक बिधार्थी लगाएतको सहभागिता रहेको जनाएको छ ।

  • २४ फाल्गुन २०७९, बुधबार २०:३३ प्रकाशित

  • Nabintech