अर्थतन्त्र जोखिममा‚ वित्त र मौद्रिक नीति तत्काल पुनरावलोकन गर : प्रा.डा.वाग्ले - Dastabej

अर्थतन्त्र जोखिममा‚ वित्त र मौद्रिक नीति तत्काल पुनरावलोकन गर : प्रा.डा.वाग्ले


  • दस्तावेज

  • अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान् अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

    उनले सरकारले समयमै पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्रमा एकपछि अर्को बहुआयामिक समस्या आइरहेको दाबी गरे। उनले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण ठप्प, उत्पादकत्वमा कमी जस्ता समस्या विद्यमान रहेको बताए।

    उनले न्यून आय भएका मानिसको क्रय शक्ति र आय दुवै कम भएले आर्थिक चक्र खण्डित हुने अवस्थामा आइपुगेको उल्लेख गरे। उनले लघुवित्तको समस्या नयाँ नभएर पुरानै भएको भन्दै २५ देखि ३० प्रतिशत लागतमा स-सानो ऋण प्रवाह गरेर ऋणीलाई थप ऋणी बनाउनेभन्दा बाहेक केही नभएको बताए।

    उनले भने‚ ‘न्यून आय भएका मानिसको क्रय शक्ति र आय दुवै कम भई समग्र आर्थिक चक्र खण्डित हुने अवस्थामा आइपुगेका छौं। सरकारले पूर्ण आकार लिएर क्षमतावान् अर्थमन्त्री ल्याएर वित्त र मौद्रिक नीति तत्काल पुनरावलोकन गर्नुपर्ने र जेठ १५ गते  प्रस्तुत हुने बजेटले वर्तमान अवस्थामा देखिएका धेरै समस्या सम्बोधन गर्नुपर्छ।’​

    लघुवित्तहरूलाई खारेज गर्नुपर्छ भनेर २०१३ सालमा नै भनेको हो।  २५ देखि ३० प्रतिशत लागत पर्ने गरेर १६ प्रतिशत ब्याज लघुवित्तलाई बुझाउनु पर्‍यो। १५ प्रतिशतका दरमा स-सानो ऋण प्रवाह गरेर ऋणीलाई थप ऋणी बनाउने काम बाहेक केही भएको छैन। प्राथमिकता क्षेत्र र निर्देशित क्षेत्र कर्जा गएको छैन। बैंकिङ प्रणालीमा तरलता भयो भनेर ठूलो हल्ला हुन्छ।

    अलिकति तरलता सहज भएका वेला सट्टेबाजी र बट्टेबाजीले घरजग्गा कारोबारमा बैंकहरूले कर्जा लगाउने गरेका छन्। यसमा राष्ट्र बैंकको पनि कमजोरी हो। राष्ट्रिय नीतिको पनि कमजोरी हो।

    उनले भने‚ ‘हरेक बजेटमा लाइसेन्स लिएर घरजग्गा कारोबार गर्नुपर्छ भनिन्छ तर अहिलेसम्म त्यो प्रक्रियामा अगाडि बढेको छैन। राज्यविहीनताको अवस्था बढ्दै गएकाले यो अवस्था अत्यधिक चर्किंदै गएको अवस्था छ। अब अर्थशास्त्रका बारेमा जानकार, मन्त्रालय चलाउने योग्य र समाजको संरचना कृषि लगायतका समस्या बुझेको मान्छे अर्थमन्त्री भएर नीति बनाए मात्रै समस्याको समाधान हुनसक्छ।’

    अर्थविद् वाग्लेले बैंक तथा वित्त संस्थाहरूले प्राथमिक र निर्देशित क्षेत्र कर्जा प्रवाह नगर्दा समस्या आइरहेको बताए। उनले बैंकिङ प्रणालीमा तरलता सहज हुँदा घरजग्गा कारोबारमा बैंकहरूले कर्जा लगाउने गरेको भन्दै नियमन गर्ने निकाय राष्ट्र बैंकको कमजोरी भएको बताए।

    उनले राष्ट्रिय आर्थिक नीतिको पनि कमजोरी रहेको भन्दै हरेक बजेटमा लाइसेन्स लिएर घरजग्गा कारोबार गर्नुपर्छ भनिन्छ तर अहिलेसम्म त्यो प्रक्रियामा अगाडि बढ्न नसकेको टिप्पणी गरे।

    उनले राज्य विहीनताको अवस्था बढ्दै गएका कारण बैंक तथा वित्तीय क्षेत्रमा समस्या अत्यधिक चर्किंदै गएको दाबी गरे। उनले अर्थशास्त्रका बारेमा जानकार, मन्त्रालय चलाउने योग्य र समाजको संरचना कृषि लगायतका समस्या बुझेको मान्छे अर्थमन्त्री भएर नीति बनाए मात्रै समस्याको समाधान हुनसक्ने उल्लेख गरे।

    वाग्लेले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या आगामी वर्षको बजेटमार्फत सम्बोधन गर्नुपर्ने बताए। वाग्लेले मुलुकको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारीताको हिसाबले निकै जोखिमपूर्ण अवस्था रहेको बताए।

    उनले चालू आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको भन्दै यसमा राज्यको खर्च गर्ने क्षमताको गम्भीर प्रश्न उठेको बताए।

    उनले भने, ‘मुलुकको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले असाध्यै जोखिमपूर्ण अवस्था छ। चालू आवको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको छ। यसमा राज्यको पुँजीगत खर्च गर्ने क्षमताको गम्भीर प्रश्न हो।’

  • २५ फाल्गुन २०७९, बिहीबार १५:०८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा