नेपालगन्ज, फागुन २४ बुधबार
११३ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा बाँकेको जानकी गाउँपालिकामा पालिका स्तरिय प्रथम महिला सम्मेलन सम्पन्न गरेको छ । यो बर्षको नारी दिवसमा लैङिक समानताको बलियो आधार, सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार भन्ने मुल नारा तय गरी नारी दिवस मानाइएको छ । जानकी गाउँपालिकाको आयोजना र त्रिवेणी विकास समाज, मिलाप, आइएनएफ र नारी एकता महिला बिकास बचत तथा ऋण सहकरी संस्थाको समन्वयमा महिला सम्मेलन भव्यताका साथ सम्पन्न गरिएको छ । वडा वडाबाट महिलाहरु जम्मा भै गाउँपालिका कार्यालयबाट ¥र्याली सहित कार्यक्रम स्थल मानपुरको विद्यालयमा पुगी औपचारिक रुपमा कार्यक्रम सम्पन्न गरिएको महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गहाले बताइन् । कार्यक्रमका अध्यक्षता गरेकी जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले महिलाहरु बिभिन्न हिंसामा पर्दै आएकाले हिंसा न्युनिकरणका लागि काम गर्ने बताइन् । आप्mनो कार्यकालमा महिलाहरुका लागि आवश्यक बजेटको बिनियोजन गर्दै जाने प्रतिबद्धता समेत उनले जनाइन् । कार्यक्रममा घरेलु हिंसा तथा बाल विवाह बिरुद्ध बिबिध सचेतनामुलक मन्तव्य, नृत्य, गित तथा नाटक प्रस्तुत गरिएको थियो । महिला सम्मेलनले महिलाहरु बिचको बिभेद तथा हिंसा न्युनिकरणका लागि घोषणा पत्र समेत जारी गरेको छ । महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गहाले उक्त घोषणा पत्र कार्यक्रममा प्रस्तुत गरेकी थिइन् । जानकी गाउँपालिका भित्र महिला तथा बालबालिकाहरु माथि बढी हिंसा तथा बिभेद हुने भएकाले त्रिबेणी बिकास समाजले सर्बङ्गीन बिकासका लागि महिला र बालबालिकाहरुको साशक्तिकरण परियोजना र स्वास्थ्य शिक्षा र जिबिको पार्जनमा महिला महिला साशक्तिकरण परियोजना गरी दुई वटा परियोजना लागु गरी काम गरी रहेको संस्थाका कार्यकारी व्यवस्थापक पतिराम थारुले बताए । गाउँपालिकामा बिगत ३ बर्ष देखि संस्थाले काम गर्दै आएको छ । कार्यकारी व्यवस्थापक थारुका अनुसार बालबिवाह अन्त्यकका लागि जानकी गाउँपालिकालाई गत बर्ष बालबिवाह मुक्त गाउँपालिका घोषण गरी निरन्तर घरेलु हिंसा, दाइजो प्रथा, बालबिवाहका नकारात्मक असरबारे बालबालिका तथा महिलाहरुलाई जानकारी गराई रहेको उनले बताए । जनाकी गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगी, वडा नम्बर ६ का वडा अध्यक्ष जगदीश प्रसाद हरिजन, पालिकाका समाजिक बिकास समितिका संयोजक राम आचल धोबी, कार्यपालिका सदस्या राजेन्द्र सिंह लागायत् पालिका बुद्धिजीबी, समाजसेवी बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायत् महिलाहरुको उल्लेख्यमात्रामा सहभागिता थियो ।