खजुरामा जारी महायज्ञमा आर्थिक दानका लागि दाताको घुइचो - Dastabej

खजुरामा जारी महायज्ञमा आर्थिक दानका लागि दाताको घुइचो


  • दस्तावेज

  • बाँकेको खजुरामा जारी श्रीमद्भागवत ज्ञान महायज्ञमा आर्थिक दान गर्ने दाताले मन खोलेर दान दिने क्रमले तीब्रता पाएको छ । महायज्ञ संचालन भएको पाँचौ दिन आइतबार एकै दिन १० लाख बढी रकम दान प्राप्त भएको महायज्ञ सम्पादन समितिले जनाएको छ ।

    आइतबार मात्र महायज्ञमा उपस्थित ठूलो संख्याका भक्तजनहरुबाट सो दान प्राप्त भएको महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए ।

    खजुरा क्षेत्रलाई धार्मिक पर्यटकिय स्थल बनाउने र खजुरामा ६० फुट अग्लो सुदर्शन चक्रसहितको लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने उद्देश्यले आयोजित महायज्ञमा अहिले सम्ममा सबैभन्दा बढी खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले एक लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ दान गरेकी छन् भने उद्योगी प्रदीप छाजेडबाट एक लाख एक हजार एक सय एघार दान गरेका छन् । बर्दिया मधुबनका भक्तबहादुर केसीबाट एकलाख एक हजार दान प्राप्त भएको छ ।

    धेरै श्रद्धालुहरुको सहभागिता गराउने उद्देश्यले आयोजकले ५ हजारदेखि नै शिलालेखमा नाम लेखाउने व्यवस्था मिलाइएको समितिका कोषाध्यक्ष बिजय बुढाथोकीले बताए । ५० हजार बढी दान गर्नेहरुमा स्थानीय स्वास्थ्यकर्मी सुदीप पौडेल, सुबेदार रामबहादुर केसी, स्थानीय चन्द्रा बोगटी, धनबहादुर केसी लगायत रहेको कोषाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

    महायज्ञमा माधुर्यवाचक बालकृष्ण अर्यालले कथा वाचन गरिरहेका छन् । ४ करोडको लागतमा निर्माण हुने मूर्ती निर्माणका लागि महायज्ञबाट २ करोड र बाँकी अनुदान संकलन गरेर निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । आज ठूलो परिमाणमा आर्थिक संकलनको अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

  • २९ फाल्गुन २०७९, सोमबार १२:१२ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ४. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा