प्रमोद डिजीले पाए उत्कृष्ठ समाबेशी गायन अवार्ड-२०७९ - Dastabej

प्रमोद डिजीले पाए उत्कृष्ठ समाबेशी गायन अवार्ड-२०७९


  • दस्तावेज

  • गायक प्रमोद डिजीले थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ पाउन सफल हुनुभएको छ ।

    गायक डिजीलाई आइतबार राजधानी काठमाण्डौमा एक समारोहमार्फत सो अवार्ड प्रदान गरिएको हो । समाबेशी म्यूजिक अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीको ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ठ गायन अवार्ड पाउन सफल हुनुभएको हो ।

    पश्चिम नेपालमा चर्चित बनेको ‘तोहर नथियामा’ गायक डिजी र अन्जु चौधरीको स्वर रहेको छ । बाँके जिल्लाका बिभिन्न पर्यटकिय स्थलहरुमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोलाई चर्चित निर्देशक नवराज सुबेदीले निर्देशन गर्नुभएको छ ।

    गीतमा पश्चिमकै मोडल कृष्णराज अधिकारी र सोना बज्राचार्यको अभिनय छ । गीतको संगीत संयोजन तथा संगीत केशव बडुले दिनुभएको छ । राम आरोहको शब्दमा तयार गितलाई राम चौधरीले छायाँकन तथा सम्पादन गर्नुभएको छ ।

  • २९ फाल्गुन २०७९, सोमबार १४:३७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा