तुलसी सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने तयारी, अध्यक्ष अझै फरार - Dastabej

तुलसी सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने तयारी, अध्यक्ष अझै फरार


  • दस्तावेज

  • १० हजार भन्दा बढी सर्वसाधारणको करिब एक अर्ब ४९ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक र एक व्यवस्थापकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ ।

     

    सहकारी मार्फत सर्वसाधारणको रकम संकलन गरेर ठगी गरेपछि ठगी मुद्दा चलाउने तयारी गरेको हो ।

    प्रहरीले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई पक्राउ गरेको हो । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने अझै फरार छन् ।

     

    फरार अध्यक्षको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।जिल्ला प्रहरी कार्यालयमा हालसम्म १२१ जनाले १२ करोड ९ लाख ४ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेका छन् ।

     

    सहकारीबाट विराटनगर महानगरपालिका भित्र मात्रै ४ हजार जना भन्दा बढी ठगिएका छन् । प्रहरी उपरीक्षक पोखरेलले बचत फिर्ता नपाएका बचतकर्तालाई उजुरी गर्न आग्रह गरे ।

  • २९ फाल्गुन २०७९, सोमबार १५:१९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा