बाँके जिल्लामा जानकी गाउँपालिका प्रथम स्थानमा । - Dastabej

बाँके जिल्लामा जानकी गाउँपालिका प्रथम स्थानमा ।


  • दस्तावेज

  • राष्ट्रिय हातिपाईले (फाईलेरीया) रोग निवारण अभियान यही मिति २०७९ साल फागुन महिना को ११ गते देखि हातिपाईले रोग विरुद्ध “आम औषधि सेवन कार्यक्रम” दक्ष स्वास्थ्यकर्मीहरु, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरु परिचालन गरेको जानकी गाउँपालिका वडा नं.१ देखि ६ नं. सम्म का सम्पुर्ण गाउँबस्ती मै गई दुई बर्ष माथिका सम्पुर्ण व्यक्तिहरुलाई हातिपाईले रोग विरुद्ध को औषधि खुवाउने कार्यक्रममा बाँके जिल्ला भरीमा जानकी गाउँपालिका ८१% आम औषधि सेवन गराएर प्रथम स्थान हासिल गरेको छ ।बेलभार स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष श्री चन्द्रीका प्रशाद गुप्ता स्वयं आफै स्वास्थ्यकर्मीहरुको साथ-साथै राष्ट्रिय हातिपाइले रोग निवारण अभियान कार्यक्रममा जन समुदाय स्तरमा गएर आफ्नो जनतालाई औषधि खुवाउन हिड्नु भएको थियो । वहाँले गर्नु भएको काम सर्हानीय रहेको जनताको भनाई रहेको थियो ।

    जानकी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष श्री चन्द्रिका प्रसाद गुप्ताले जनता सेवाको लागि दिन रात खटि घर घर मा पुगी सेवा दी रहेको वडा नं २ का स्थानीयहरू बताउनु भएको थियो ।
    गुप्ताले जनता सेवाको निम्ति मनि काम गरी रहेको छन् । वहाँ यही काममा होइन कुनै पनि काम हो जनताको लागि आफू लाई समर्पित गरेका छन्।
    राष्ट्रिय हातिपाईले (फाईलेरीया) रोग निवारण अभियान २०७९ आम औषधि सेवन कार्यक्रममा संस्थागत संचालन गरिएको विभिन्न कार्यक्रमहरु,
    महिला_सामुदायिक_स्वास्थ्य_स्वयं सेविकाहरुको लागि १ दिने अभिमुखिकरण गोष्ठी समुदाय स्तरीय अन्तरक्रिया गोष्ठीमा सहभागी व्यक्तित्व महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका ,वडा जनप्रतिनिधि, धार्मिक अगुवा, पुजारी, मौलवि/ मौलाना ,शिक्षक/ शिक्षिका,सामाजिक प्ररिचालक/ परिचालिका ,स्वास्थ्य चौकी व्यवस्थापन समितिको सदस्य ,विद्यार्थी ,औषधि सेवन गर्ने समुदायको बुद्धिजिबि व्यक्ति ,आमा समुहकाअध्यक्ष ,सुरक्षाकर्मी ,रेड्क्रस, राजनैतिक दलका अध्यक्ष एवं पदाधिकारी ,पत्रकार ,सामाजिक लब्धप्रतिष्ठित व्यक्ति, संघ संस्था
    सामुदायिक बिधालय कार्यक्रम वडा स्तरीय बैठक गरी भव्य रूपमा रहेको गरेको वडा अध्यक्ष श्री चन्द्रिका प्रसाद गुप्ताले बताउनुभएको थियो।

     

  • ३० फाल्गुन २०७९, मंगलवार १३:३४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा