१ चैत्र २०७९, बुधबार नेपालगन्ज । ट्राभल ब्यवसायीसंगको उत्पन्न विवादपछि नेपालगन्जस्थित सिता एयरको कार्यालयमा तालाबन्दी भएको छ । ‘गो कर्णाली टुर्स एण्ड ट्राभल्स’ बीच भएको सम्झौता सीता एयरले कार्यान्वयन नगरेपछि विवाद भएको हो ।
सीता एयरले नेपालगन्ज बिमानस्थलबाट साविक मध्य र सुदुरपश्चिम क्षेत्रका पहाडी जिल्लामा ‘चार्टर’ तथा ‘कार्गो’ उडानका लागि सम्झौता गरेको थियो ।
उक्त कार्यालयमा बुधबार बिहान पौने १० बजेतिर ‘गो कर्णाली टुर्स एण्ड ट्राभल्स’का सञ्चालक ललितजंग महतका छोरा सुविन महतले ताला लगाएको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज विमानस्थल कार्यालयका प्रहरी इन्चार्ज९सई० रबिन्द्र बमका अनुसार सम्झौता अनुसार उडान गरेको भन्दै ट्राभल ब्यवसायीले ताला लगाएका थिए । बिमानस्थल कार्यालयका प्रमुख सुरेश खनालले सिता एयरको कार्यालयमा ताला लगाएको बारे कुनै सूचना नरहेको जनाए ।