डीडीसीले दूधको मूल्य लिटरमै ११ रुपैयाँले बढायो - Dastabej

डीडीसीले दूधको मूल्य लिटरमै ११ रुपैयाँले बढायो


  • दस्तावेज

  •  

    १ चैत, काठमाडौं । सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताए । बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने उनले बताए ।

    अनलाईन खबरको समाचार अनुसार अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको झाले बताए । यस्तै सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चैतदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए ।

     

    ‘संस्थान बोर्ड बैठकले मन्त्रालयको सिफारिसमा दूधको मूल्य ११ रुपैयाँले वृद्धि गर्ने निर्णय भएको छ,’ झाले भने, ‘बढेको दूधको उपभोक्ता मूल्य बिहीबारदेखि लागू हुनेछ भने किसान मूल्य आजैदेखि कार्यान्वयनमा आउने निर्णय गरिएको छ ।’

    महाप्रवन्धक झाका अनुसार दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गरिने छ ।

  • १ चैत्र २०७९, बुधबार १७:३४ प्रकाशित

  • Nabintech