पार्टीको दबाबपछि त्रिविका बागीले फिर्ता लिए उम्मेदवारी - Dastabej

पार्टीको दबाबपछि त्रिविका बागीले फिर्ता लिए उम्मेदवारी


  • दस्तावेज

  • नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालयमा बागी उम्मेदवारी दिएकालाई नाम फिर्ता गराएको छ ।

    विष्णुबहादुर बडैलाको नेतृत्वमा बागी उठेकाहरुले बिहीबार नाम फिर्ता लिएका छन् । नेपाल विद्यार्थी संघले श्यामराज ओझालाई टिकट दिएपछि स्वतन्त्र समूह खडा गरि बडैलाले छुट्टै प्यानल बनाएका थिए ।

    उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोर सिंह राठोर, नेता वीरबहादुर बलायरलगायतको आग्रह पछि नाम फिर्ता लिएको बडैलाले बताए ।

    ‘हिजो नेताहरुले बोलाएर नाम फिर्ता लिन भन्नुभयो । उहाँहरुको आग्रहलाई टार्न सकिन,’ बडैलाले अनलाइनखबरसँग भने, ‘कुनै न कुनै जिम्मेवारी दिने भन्नुभएको छ ।’

    आफ्नो उम्मेदवारी कायम रहँदा संघका उम्मेदवारलाई असर पर्ने र अलोकतान्त्रिक शक्ति सलबलाउन सक्ने खतरा महसुस गरेर नाम फिर्ता लिएको बडैलाले बताए ।

    बडैलाको प्यानलबाट सचिवमा योगेन्द्र बम, कोषाध्यक्षमा निश्चल घिमिरे, सदस्यमा जीवनराज ढुङ्गाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहराले उम्मेदवारी दिएका थिए ।

    त्रिविले चैत ५ (आगामी आइतबार) मा स्ववियु निर्वाचनको मिति तोकेको छ ।

  • २ चैत्र २०७९, बिहीबार ११:५१ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा