उपराष्ट्रपतिको साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै - Dastabej

उपराष्ट्रपतिको साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै


  • दस्तावेज

  • उपराष्ट्रपतिको साझा उम्मेदवार टुंगो लगाउन १० दलीय सत्ता गठबन्धनको बैठक बिहीबार पनि बस्दैछ।  बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको थियो।

    बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए। उनका अनुसार १० दलका बीचमा सकारात्मक रूपमा छलफल भएको छ। अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको उनले बताए।

    ‘उपराष्ट्रपति निर्वाचनका लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको छ। छलफल सकारात्मक भएको छ’, उनले भने, ‘भोलि (बिहीबार) बसेर यो विषयमा एउटा निर्णय हुनेछ।’ नेता बस्नेतले बुधबारको बैठकमा सरकार विस्तारको विषयमा समेत छलफल भएको जानकारी दिए।

    उपराष्ट्रपतिका लागि १० दलभित्रबाट तीन उम्मेदवार छन्। जनता समाजवादी पार्टी जसपा नेपाललाई उपराष्ट्रपति दिने भनिए पनि जनमत पार्टीले ममता झाको मनोनयन दर्ता गराएको छ।

    जसपाले रामसहायप्रसाद यादव र प्रमिला कुमारीको मनोनयन दर्ता गराएको छ।

    नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्।

  • २ चैत्र २०७९, बिहीबार १२:०४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न