महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियू निर्वाचन ८ चैतमा - Dastabej

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियू निर्वाचन ८ चैतमा


  • दस्तावेज

  • नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन ८ चैतमा हुने भएको छ । यसअघि स्ववियू निर्वाचनको मनोनयन गर्ने समय २७ फागुन र ३ चैतमा निर्वाचनको मिति तोकिएको थियो ।

    उम्मेदवारी मनोनयनको विहान ९ विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा ताला लगाएपछि निर्वाचन अनिश्चित भएको थियो । क्याम्पस प्रमुख डा. लालमणी आचार्यको अध्यक्षता एवम् विभिन्न विद्यार्थी संगठन वीच भएको छलफलमा ९ विद्यार्थी संगठन ताला खोल्न सहमत भएको अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस सभापतिका उम्मेदवार माधव खत्रीले जानकारी दिए ।

    आन्दोलनरत विद्यार्थी संगठन ८ चैतमा निर्वाचन गर्न सहमत भएको उनले बताए । क्याम्पस प्रशासन, निर्वाचन समिति, आन्दोलनरत विद्यार्थी संगठन, एमाले निकट अनेरास्ववियू, कांग्रेस निकट नेपाल विद्यार्थी संघ लगायत सवै विद्यार्थी संगठन ८ चैतमा निर्वाचन गर्न सहमत भएका छन्,’ उनले भने, ‘सहमतिसँगै निर्वाचन गर्ने बाटो खुलेको छ ।’

    स्ववियू निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष बनाउन माग गर्दागर्दै क्याम्पस प्रशासनले विद्यार्थीको विवरण चुहाएको आरोप लगाउँदै विद्यार्थी संगठनले तालावन्दी गरेका थिए । विद्यार्थीको विवरण चुहाउनेलाई कानून बमोजिम कारवाही गर्न पनि विद्यार्थी संगठनको माग थियो ।

  • २ चैत्र २०७९, बिहीबार १२:११ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा